Thursday, August 20

जय नेपाल पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने

नेपालअखबार,काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।

Advertisement

बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement
Advertisement

बैठकले संंविधान संशोधनका लागि सरकारले रायसुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यका साथ चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्य लगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने थप निर्णय गरेको छ ।

Advertisement

जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने अर्को निर्णय भएको अध्यक्ष राणाले जानकारी दिए ।

यस्तै, आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने निर्णय भएको पनि उनले बताए ।

यस्तै, भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने र त्यसका लागि केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने निर्णय पनि भएको अध्यक्ष राणाले बताए ।