प्रदेश १समाचार

प्रदेश १ः इलाममा बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

Nepal Akhabar

नेपाल अखबार, इलाम। गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो ।
सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उाीहरु आपतमा परेका थिए । साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो ।

the authoradmin

Leave a Reply