
नेपालअखबार, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाउन लागेको छ।
रसुवासहित नुवाकोट, धादिङ लगायत क्षेत्रमा बाढीले सञ्चार सेवामा समेत प्रभावित पारेको छ।
यसबीच उक्त सेवा सञ्चालनका लागि जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउन लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ।
विद्युत आपूर्तिका लागि पनि ब्याकअप प्रणाली पठाउन लागिएको सचिवालयले जनाएको छ।
सँगै चिकित्सा उपकरण, टेन्ट तथा अन्य आवश्यक राहत सामग्री पनि पठाइएको र उद्धार तथा खोज कार्य जारी रहेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।




