
नेपालअखबार, कञ्चनपुर । कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस फेला परेको हो ।उक्त लागुऔषध सहित जिप चालक जिल्ला बझाङ, बुंगल नगरपालिका –०१ बस्ने २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङ, केदारस्युँ गाउँपालिका –०७ बस्ने ५० वर्षीय करन धामीलाई पक्राउ गरिएको छ भने उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




