विश्वस्वास्थ्य

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो

नेपाल अखबार, एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार  ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् ।
संक्रमित मध्ये हालसम्म ८९ लाख २३ हजार ९५६ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५३ लाख  २८ हजार ८९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख  ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ८३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३३ लाख ८ हजार ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ३६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ४३ हजार २३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९्७ हजार  ५९६ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ९४ हजार  ७११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ५२३ को मृत्यु भएको छ । एसिया ३४ लाख ६५ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८१ हजार ४२८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख ४० हजार २६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ४६५ जनाको मृत्यु भएको छ ।  ओसियानामा १४ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४९ जनाको मृत्यु भएको छ ।
एएफपी

the authoradmin

Leave a Reply