Thursday, September 24

डोल्पामा सीता एयर दुर्घटना

नेपालअखबार, काठमाडौँ ।  नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।

Advertisement

१३ जना यात्रु बोकेर  गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

Advertisement
Advertisement

डिएसपी अनिल गिरीका अनुसार  सबै यात्रु सकुशल छन् भने  धावनमार्गमा   मर्मत भइरहेको छ ।

Advertisement

आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन–एजेएच कलसाइन थियो ।  जहाजमा सात जना विदेशी नागरिक समेत  थिए ।

जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज   अवतरण गर्न सकेका छैनन् ।  जुफालकाे उडान अवरुद्ध रहेका  छ ।