Friday, September 25

पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार,गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

Advertisement

शुक्रबार बिहान करिब ७ः४० बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

Advertisement
Advertisement

यस्तै, गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढ्दा सडकमा पानी आएर आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।

Advertisement

बाटो अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।सडक अवरोधका कारण सवारीसाधन होल्डमा नरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरोध हटाउने तथा सडकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।