Monday, September 28

हुम्लामा वर्षापछि आएको पहिरोले सडक अवरुद्ध

नेपालअखबार, हुम्ला । अविरल वर्षाले हुम्लाको सिमकोटदेखि सर्केगाडसम्मका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध भएका छन् ।

Advertisement

तीन दिनदेखि परेको अविरल वर्षाले सडक भत्काएपछि सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाले सडक ठाउँठाउँमा भत्काएपछि हुम्लाबाट नेपालगन्ज, सुर्खेत र नेपालगन्ज, सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउजाउ गर्ने सवारीसाधान बाटोमै अलपत्र भएको चंखेली गाउँपालिका- १ का जनक बुढाले जानकारी दिए।

Advertisement
Advertisement

सर्केगाड, स्यालतडी, खरिखेत, सुनाखाडा लालिबगर, मुसेडी र याङचु बजार लगायतका ठाउँमा ठूला मालबाहक गाडीहरु र जीप रोकिएको बुढाले बताए।

Advertisement

कर्णाली करिडोर अनन्तर्गत पर्ने कुरिल्ला खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध गरेपछि पैदल हिँडनसमेत सकश भएको बुढाले गुनासो गरे।

सर्केगाडदेखि सिमकोटसम्म विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधान ठप्प छन् ।

गत असोज २ गते कर्णाली कोरिडोरअन्तर्गत पर्ने छारेमा चट्टानी भिर खसेपछि हिल्सा सिमको सडक योजनाले निरन्तर रूपमा सडक पन्छाउँदा एकसातापछि खुलेको थियो । छारे खण्डको सडक पन्छाए पनि अरू खण्डमा पहिरोले अवरुद्घ बनाएको छ ।