Thursday, October 1

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन

नेपालअखबार,काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को आलोचना गरेका छन्।

Advertisement

रेजाईले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेखिएको पोस्टमा यूएईको नाम नलिइकन भनेका छन्, ‘जसरी अमेरिकी सैन्य अखडाहरूलाई ठाउँ दिँदा तपाईंहरूले सुरक्षा पाउनुभएन, त्यसैगरी ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा पनि कुनै राम्रो नतिजा निस्कनेछैन।’

Advertisement
Advertisement

उनले आफ्नो पोस्टमा थपेका छन्, ‘हालैको युद्धबाट पाठ सिकौँ, युद्ध बढाउने काम बन्द गरौँ र इरानी टापुहरूबारे आधारहीन दाबी गर्न छोडौँ।’

Advertisement

यूएईले हालै संयुक्त राष्ट्रसङ्घमा फेरि एकपटक इरानको आलोचना गर्दै तीनवटा टापुमा इरानले गरेको भनिएको कब्जाको मुद्दा उठाएको थियो। यी टापुहरूलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद रहँदै आएको छ।बीबीसीका अनुसार, पछिल्ला महिनाहरूमा दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ। विशेषगरी इरानमाथि इजरायल र अमेरिकाले गरेका पछिल्ला आक्रमणहरूपछि यो तनाव अझ चुलिएको हो।