Thursday, October 1

निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

नेपालअखबार,काठमाडौं । सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ । संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि सेवालाई नयाँ सेवाको रुपमा प्रस्ताव गरिएको हो ।

Advertisement

अहिले पनि सूचना प्रविधिको क्षेत्रका कर्मचारी निजामती सेवामा छन् । विविध सेवामा रहेका उनीहरुलाई अब भने नयाँ सेवाको रुपमा थप गर्न थालिएको हो ।

Advertisement
Advertisement

संघीय तहको मन्त्रालयदेखि सूचना प्रविधिमा आधारित सेवा प्रदायक निकायहरूमा सूचना प्रविधि(आईटी) सेवाका कर्मचारीहरू कार्यरत थिए ।

Advertisement

यसअघि नेपाल आर्थिक योजना तथा तथ्यांक, इञ्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा सेवा रहेकोमा यो विधेयकमा सूचना प्रविधि सेवा थपिएको हो ।तर कर्मचारीहरूको वृत्तिविकासका लागि हुने क्लष्टरमा भने सूचना प्रविधि सेवा समावेश छैन । सरकारले पाँचवटा क्लष्टरहरूमा कर्मचारीहरूको वृत्तिविकास हुने अवधारणा अघि सारेको छ । क्लष्टर प्रयोजनका लागि इञ्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवा मात्रै रहनेछन् ।