Sunday, October 11

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

नेपालअखबार,काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

Advertisement
Advertisement

Advertisement