Friday, October 23

भिरबाट लडेर वडाध्यक्षको मृत्यु

नेपालअखबार,धनगढी। बझाङको बुंगल नगरपालिका–७ का वडा अध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ।

Advertisement

शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएका जोशीको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो। उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि हेलिकोप्टर उड्नुअघि नै मृत्यु भएको आफन्त रामचन्द्र जोशीले बताए।

Advertisement

उनका अनुसार भिरबाट लडेर चट्टानमा बजारिएपछि जोशीको कानबाट रगत बगेको थियो।जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।