Friday, November 6

दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना

नेपालअखबार,दैलेख। दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ।

Advertisement

दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ।

Advertisement
Advertisement

जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ।

Advertisement

तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले  प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए।

प्रजिअ नहुँदा प्रशासन भित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन्।  यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ।

‘विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको छ,’ लेखापाल रूपाखेतीले भने।

भौगोलिक दृष्टिले दैलेख जिल्ला संवेदनशील मानिन्छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग  हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर जिम्मेवारी  नेतृत्वको  र प्रशासनिक समन्वयको आवश्यक पर्छ ।  तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ।

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताए।