
नेपालअखबार,चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ गएको प्रहरीले विषेश सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यस्तैं पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ रामलाल चोकमा कौडा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडासहित २ लाख २५ हजार रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




