Thursday, November 12

पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

नेपालअखबार,पोखरा । पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा २३ को दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । उपचारकै क्रममा एक जनाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका २४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङ छन् ।

Advertisement
Advertisement

दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा २३ का १४ वर्षीय अमित सुनार छन् ।

Advertisement

यस्तै, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका प्रहरीले जनाएको छ ।