
नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट मोरङ उद्योग व्यापार संघले उत्साह प्रकट गरेको छ ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष अनिलकुमार साहले प्रधानमन्त्री शाहको भारत भ्रमणबाट दुई देशबीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यको काम गरेको बताएका छन् ।
मुख्य रूपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादीप बन्दरगाह उपयोगका कुरा र झापा सिलिगुडी पाइपलाइन शिलान्यासले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष साहले बताए ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट आफुहरू उत्साहित भएपनि जुट निर्यातमा एन्टीडम्पिङ ड्युटी र बीआईएस नवीकरणबारे छलफल नहुनु दुखद् भएको बताए ।प्रधानमन्त्री शाहको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै पूर्वाधार निर्माणमा भारतको सहयोगले पूर्वी क्षेत्रमा खेल पर्यटनलाई निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाइ छ ।प्रधानमन्त्री शाहको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै पूर्वाधार निर्माणमा भारतको सहयोगले पूर्वी क्षेत्रमा खेल पर्यटनलाई निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाइ छ ।




