Monday, May 11

भिरबाट लडेर महिलाको मृत्यु

नेपाल अखबार, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ।
आज बिहान ७ः०० बजे साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँमा पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *