Monday, April 20

विप्लव समूहका इन्चार्ज बिसी चितवन पक्राउ

नेपाल अखबार, चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो ।
बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।
स्रोतका अनुसार बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । प्रहरीले यसबारे विस्तृतमा बताइसकेको छैन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *