Tuesday, April 21

वामदेवको नयाँ प्रस्ताव : महाधिवेशनसम्म ओली नै अध्यक्ष, पाँचै वर्ष प्रधानमन्त्री

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गरेका छन्।
मंगलबार उपाध्यक्ष गौतमले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन्।
पछिल्लो समय प्रचण्ड–माधव समूहमा रहेका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको अनुकूल हुनेगरी प्रस्ताव ल्याएका हुन्।
‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्ताव’ शीर्षकमा उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव गरेका हुन्।
गौतमको पहिलो प्रस्ताव केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ भने दोस्रो प्रस्ताव प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने रहेको छ।
उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरेका छन्।
यस्ता छन् गौतमका ६ बुँदे प्रस्ताव

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *