प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा बुधबार  थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  बिहान प्रदेशका स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेका छन् ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

the authoradmin

Leave a Reply