Tuesday, April 21

कोरोना महामारी छ, इद घरमै मनाउनू : मुस्लिम आयोग

नेपाल अखबार,  काठमाडाै। कोरोना महामारी कायमै रहेकाले यसपालिको इद घरमै बसेर मनाउन मुस्लिम आयोगले सम्बन्धित समुदायलाई आग्रह गरेको छ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी यही साउन १७ गते परेको मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा घरमै नमाज पढेर मनाउन आग्रह गरेको हो।
‘कोरोाना भाइरसका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविक रूपमा दैनिक मस्जिदमा पाँच टाइमको नमाज, जुम्मा नमाज पाँच जनासम्मले पढ्दै आइरहनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरू, मुफ्तीहरू, नेपाली जामे मस्जिद पञ्च कस्मिरी ताकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाहबमोजिम अन्य सबै आआफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *