Tuesday, April 21

काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्याकाका थप ३८ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ३२, ललितपुरमा ५ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३, पाटन अस्पतालमा २, वीर अस्पतालमा १ र नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १८ जनाको रिपोट पा्जिटिभ आएको हो।
त्यस्तै शुक्रराज ट्रपिकलमा ललितपुरका २, पाटन अस्पतालमा २, नेपाल प्रहरी अस्पतालमा १ र नेपाल कोरियामत्री अस्पताल भक्तपुरमा भक्तपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ।
१० हजार ८६७ को पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा नोपलमा थप १५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १४ हजार ३९९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमित निको हुनेको प्रतिशत ७२.८ रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *