प्रदेश २समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १९ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आइतबार फेरि १९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजनामा संक्रमण देखिएको हो । थपिएका मध्ये  नवलपरासी, गोरखा र तनहुँका यसअघि छुटेका हुन् ।
आइतबार बिहानमात्रै गण्डकीमा२० जना संक्रमित थपिएका  थिए । यससँगै गण्डकीमा आइतबारमात्रै ३९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ ।
हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।

the authoradmin

Leave a Reply