Saturday, April 18

चीनले कस्मिरको मुद्दा राष्ट्रसंघमा उठाउने भएपछि भारत आक्रोशित

नेपाल अखबार , एजेन्सि। चीनले कस्मिरको मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलका लागि उठाउने प्रयत्न गरेको भन्दै भारत चीनसँग भड्किएको छ।

चीनले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै त्यस्ता कार्य नगर्न बिहीबार भारतले चेतावनी दिएको छ।
कस्मिरको मामिलामा बाहिरी हस्तक्षेप अस्वीकार गरिने भारतले जनाएको छ।
‘चीनले राष्ट्रसंघको सुरक्षा परिषदमा भारतीय भूभाग जम्मु र कस्मिरबारे छलफल सुरु गरेको जानकारी पाएका छौं।’ भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ,‘चीनले भारतको आन्तरिक मामिलामा दख्खल दिएको पहिलोपटक होइन। पहिलेको प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले थोरै मात्रामा साथ दिएका थिए।’
चीनले यस्ता असफल प्रयासबाट प्रस्ट निष्कर्ष निकाल्नु पर्ने भारतको भनाइ छ।
जम्मु र कस्मिरको विवाद भारत र पाकिस्तानको लामो भू–राजनीतिक विवाद हो। पाकिस्तानले जम्मु–कस्मिरका मानिसहरु पाकिस्तानसँग मिल्न चाहने भएकाले यस विषयमा जनमत संग्रह हुनुपर्ने धारणा राख्दछ।
चीनले पनि यस विषयमा पाकिस्तानको साथ दिएको अवस्था छ। टाइम्स अफ इन्डिया

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *