प्रदेश ४समाचारस्वास्थ्य

पोखराका ३ सहित गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरा महानगरका ३ सहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगर वडा नम्बर १७ का १  जना पुरुष  तथा वडा ९ का १ -१ महिला  पुरुषसहित गण्डकी प्रदेशका ४  जिल्लाका थप २४  जनमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार कास्कीका २  पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना देखिएको हो ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६  सय ११  पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

the authoradmin

Leave a Reply