प्रदेश २समाचारस्वास्थ्य

पर्सामा ७४ जना कोरोना संक्रमित थपिए

Nepal Akhabar

इरफान अलि। पर्सामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार १४ महिला सहित पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
पछिलो समय गरिएको स्वाबका नमूनाहरुको परिक्षणमा ७४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जसमा एक जना शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयाँ निवासी विष्णु लामापनि रहेकी छन् । उनको मृत्यु उपचार नपाएर भएको हो ।
नया थपिएका सङ्क्रमित १२ वर्षदेखि ६८ वर्षीय उमेर समुहका रहेका छन् । एक जना वीरगञ्जस्थित भारतिय महावाणिज्य दुतावासमा कार्यरत ३५ वर्षीय कर्मचारी र ३ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ बर्षकी किशोरी समेत रहेकी छन् । बाराका ३ जना र सर्लाहीका १ जनाको समेत कोरोना पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।
पर्सामा संक्रमितको संख्या १०६५ भएको छ भने मृतकको संख्या २१ पुगेको छ ।

the authoradmin

Leave a Reply