Saturday, July 25

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो।
उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा.जामुन सिंहले जानकारी दिए।
योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
यसअघि आइतबार जनकपुरको कदमचोक स्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका त्यहाँका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो। उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए।
दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *