समाचारसमाज

मुस्ताङमा एक बालक मृत्यु

नेपाल अखबार, मुस्ताङ । मुस्ताङमा १७ महिनाको  बालक मृत्यु भएकाे छ ।बुधबार बिहान करिब १० बजे धनुषा बतेश्वर गाउँपालिका-१ का किरण थापाको १७ महिने छोरा कृष्ण थापाको जोमसोम अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा प्रयोग हुने कार्बुरेटर चुसेर बिरामी परेका बालकलाई जोमसोम जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मुस्ताङ घरपझोङ गाउँपालिका-३ जोमसोम स्थित त्रिशुला मोटरसाईकल वर्कशप सञ्चालन गर्दै आएका थापाले आफ्नै वर्कशप सञ्चालन गर्दै अाएकाछन् । यस खबर प्राप्त भए लगतै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

the authoradmin

Leave a Reply