Tuesday, April 21

यूपीः १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो

नेपाल अखबार, एजेन्सि। भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो काटियो र उनलाई घाँटीमा डोरीले बाँधेर खेतमा घिसारिएको भारतीय सञ्चार माध्यम आजतकले बताएको छ ।
स्रोतका अनुसार लखिमपुर खिरी जिल्लामा इसानगर थाना क्षेत्रको पकरिया गाउँमा बस्ने १३ वर्षकी बालिका आफ्नो घरबाट शौचका लागि खेतमा गएकी थिइन् । त्यति बेला गाउँकै स्थानीय दुई युवकले बालिकामाथि बलात्कार गरे र उनको हत्या गरिदिए । हत्या गर्नुअघि बालिकामाथि क्रुर व्यवहार गरियो । उनको आँखा फुटाइयो । जिब्रो काटियो र उनको घाँटीमा डोरीले बाँधेर उनलाई घिसारियो । पछि आरोपीले शवलाई घटनास्थलमा फ्याँकेर फरार भए ।
भारतीय सञ्चार माध्यम आजतकले भन्यो, ‘१३ वर्षकी यी बालिका शुक्रबार करिब एक बजे आफ्नो घरबाट शौचका लागि उखुबारीमा गएकी थिइन्  तर अबेर रातीसम्म घर नफर्कंदा उनको परिवारले छोरीको खोजी गर्न सुरु गरे । उनीहरुले प्रहरीलाई पनि यसबारे जानकारी दिए । परिवारले प्रहरीको समूहसहित बालिकाको खोजी गर्दा उनको शव भेटियो ।
गाउँका दुई युवक पक्राउः
प्रहरीका अनुसार स्थानीय सन्तोष यादव र सञ्जय गौतममाथि बालिकामाथि बलात्कार र हत्याको आरोप लगाइएको  छ । बालिकाको शवलाई पोस्ट मार्टमका लागि पठाइएको छ ।
शनिबार पोस्टमार्टम रिपोर्टमा बालिकामाथि सामूहिक बलात्कारको पुष्टि भयो । त्यसपछि प्रहरीले दुई आरोपीविरुद्ध हत्या र सामूहिक बलात्कारको मुद्दा दर्ता गरेर पक्राउ गरे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *