Saturday, July 25

Author: admin

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार
समाचार, समाज

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

नेपालअखबार,धनगढी । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । उनीहरुलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको डिएसपी बोहराले जानकारी दिइन् । १३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुरामा १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । सडक पनि अवरुद्ध यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई ठाउँमा सडक अवरुद्ध भएको छ । बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार...
सरकार जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन : पूर्व प्रधानमन्त्री  नेपाल
राजनीति, विचार, समाचार

सरकार जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन : पूर्व प्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सह-संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग तमासा नगर्न आग्रह गरेका छन् । समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘सरकारले तमासा नदेखाओस् । गाडी लगेर मिडिया हाउस र नेताको घर अगाडि तेर्स्याउने काम नगरोस्,’ नेपालले भने, ‘जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन । १०० दिन दिइहालियो ।’ उनलाई नयाँ भनिएको सरकारलाई सिक्न अझैँ कतिदिन लाग्छ ? भन्दै प्रश्न गरे । ‘बिहानले दिउँसोको जानकारी दिन्छ । सुरुमै गरेको कामले के गर्न खोजिरहेको छ भन्ने देखिन्छ,’ उनले भने । आफूलाई सरकार ढाल्नसँग सरोकार नभएको र त्यो शक्ति पनि नभएको बताउँदै उनले सरकार सच्चिएर काम गरिदिए पुग्ने बताए । उनले अगाडि भने, ‘हामीलाई अहिले सरकार ढाल्नु–साल्नु पनि छैन, त्यसमा ल...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
अर्थ, प्रशासन, समाचार

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

नेपालअखबार, काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्यअनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा सहुलियतपूर्ण ...
प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणका कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह
राजनीति, समाचार

प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणका कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह

नेपालअखबार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू सम्बद्ध सबै प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा कार्यरत कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना निकालेर आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क. को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्छ । सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने कानु...
आज सुन र चाँदीको मूल्य सामान्य बढ्यो
कर्पोरेट, समाचार

आज सुन र चाँदीको मूल्य सामान्य बढ्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो।...
अमेरिका र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता
राजनीति, विश्व, समाचार

अमेरिका र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता

नेपालअखबार,काठमाडौं । अमेरिका र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यो जानकारी दिएको हो । यो सम्झौताले वासिङ्टन र रियादबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा छ । अमेरिकी ऊर्जा विभागले बुधबार उक्त सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै अमेरिकी कम्पनीहरूले साउदी अरेबियालाई आणविक प्रविधि उपलब्ध गराउने जनाएको छ । ऊर्जा विभागका अनुसार यो सम्झौतामा सन् १९५४ को ‘एटोमिक इनर्जी एक्ट’ को धारा १२३ अन्तर्गत हुने ‘१२३ सम्झौता’ तथा त्यससँग सम्बन्धित द्विपक्षीय आणविक सुरक्षा सम्झौता समावेश छन् । अमेरिकी ऊर्जा सचिव क्रिस राइटले विज्ञप्तिमा भनेका छन्, ‘यी सम्झौताले अमेरिका र साउदी अरेबियाबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, दुवै देशमा समृद्धि प्रवर्द्धन गर्ने र विदेशमा रहेका हाम्रा साझेदारहरूको सुरक्षा सुदृढ गर्ने...
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
प्रशासन, समाचार, समाज

‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार

नेपालअखबार,अर्घाखाँची । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो । तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ । बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ । सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुहरूले मासिक १२...
प्रचण्ड : मधेश आन्दोलनका लागि एउटा बलियो पार्टी निर्माण गरौं
राजनीति, विचार, समाचार

प्रचण्ड : मधेश आन्दोलनका लागि एउटा बलियो पार्टी निर्माण गरौं

नेपालअखबार,जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको बताएका छन् । जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेला समारोहलाई सम्बोधन गर्दै उनले मधेश प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्त सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले यहाँको राजनीतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले मधेशमा पार्टीलाई बलियो बनाउन सकिए आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि सशक्त राजनीतिक शक्ति निर्माण गर्न सकिने उल्लेख गरे । तर, त्यसो गर्न नसकिए देश र कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । ‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने आउने दि...
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‌मा पेस
राजनीति, समाचार

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‌मा पेस

नेपालअखबार,काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बलेन) सँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क खारेज गर्ने निर्णय गरेका हुन्। आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। लागू भएको शुल्कका सन्दर्भमा जनगुनासो बढेपछि सरकारले उक्त शुल्क हटाउनेबारे छलफल थालेको थियो। यसै सन्दर्भमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबिच लामो परामर्श भएको थियो। त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्रीले सो शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गरेका थिए। आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रि...
मेची भन्सारमा एक वर्षमा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
अर्थ, प्रशासन, समाचार

मेची भन्सारमा एक वर्षमा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

नेपालअखबार,झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ । यद्यपि, राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आव २०८२/८३ का लागि कार्यालयलाई रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ । यसअघि आव २०८१/८२ मा मेची भन्सार कार्यालयले रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको हो । मेची भन्सार कार्यालय...