Sunday, July 26

Author: admin

इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
राजनीति, विश्व, समाचार

इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु

नेपालअखबार,तेहरान । इरानका विभिन्न क्षेत्रमा शुक्रबार बिहान अमेरिकाले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार पश्चिमी तटीय प्रान्त खुजेस्तानको अहभाज सहरमा अमेरिकाले गरेको भनिएको आक्रमणमा ४ जनाको मृत्यु भएको हाे । साे घटनामा केही व्यक्ति घाइते भएका छन् । घटनाबारे स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । साेही प्रान्तका अन्दिमेश्क र ओमिदियेह सहर नजिकका क्षेत्रहरूमा पनि क्षेप्यास्त्र प्रहार भएको सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ । मध्य इरानको मार्काजी प्रान्तस्थित खोन्दाब सहरको बाहिरी क्षेत्रमा दुई वटा क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । प्रान्तका उपप्रमुखका अनुसार घटनास्थलमा भएको क्षति र सम्भावित मानवीय हताहतीको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । त्यस्तै, लोरेस्तान प्रान्तको ...
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
विदेश, समाचार, समाज

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका छन् । उनले छिट्टै यो निर्णयको कार्यान्वयन गरी १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरेका छन् । यो संवैधानिक परिषद्को निर्णयमा निर्भर रहने र आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षाबाट जोगाउन सबैलाई आग्रह गरेका छन् । सिएनएनका अनुसार यो निर्णयसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली सङ्घको पहिलो देश हुनेछ । यसअघि जुन महिनामा बेलायतले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पूर्व प्रधानमन...
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
राजनीति, विश्व, समाचार

लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि भएको आक्रमणपछि इरान र यमनका हुथी विद्रोहीलाई कडा सैन्य सजाय दिने चेतावनी दिएका छन् । हुथी समूहले आफूहरूले ती ट्याङ्करलाई क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । यस घटनाले पश्चिम एसियाको युद्ध अर्को महत्त्वपूर्ण समुद्री व्यापार मार्गसम्म फैलिएको छ । यस आक्रमणपछि विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशतभन्दा बढी बढ्दै प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ । ब्रेन्टको भाउ यो स्तरमा पुगेको मे महिनायता पहिलो पटक हो । अस्थायी युद्धविराम प्रभावहीन बनेको दुई सातापछि अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ । त्यसको प्रत्युत्तरमा इरानले अमेरिक...
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
राजनीति, समाचार

कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा आयोजना हुनेछ। बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको कार्यसूचीमा प्रारम्भमा शून्य समय, बी.पी. स्मृति दिवसका अवसरमा आयोजित ‘ट्रि रन’ तथा अन्य कार्यक्रमहरूको समीक्षा, उपसमितिहरूको कार्ययोजना प्रस्तुति, थप उपसमिति विस्तार तथा समसामयिक र विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।...
धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु
समाचार, समाज

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

नेपालअखबार,काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो । उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।...
बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार
समाचार, समाज

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

नेपालअखबार,धनगढी । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । उनीहरुलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको डिएसपी बोहराले जानकारी दिइन् । १३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुरामा १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । सडक पनि अवरुद्ध यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई ठाउँमा सडक अवरुद्ध भएको छ । बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार...
सरकार जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन : पूर्व प्रधानमन्त्री  नेपाल
राजनीति, विचार, समाचार

सरकार जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन : पूर्व प्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सह-संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारसँग तमासा नगर्न आग्रह गरेका छन् । समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘सरकारले तमासा नदेखाओस् । गाडी लगेर मिडिया हाउस र नेताको घर अगाडि तेर्स्याउने काम नगरोस्,’ नेपालले भने, ‘जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन । १०० दिन दिइहालियो ।’ उनलाई नयाँ भनिएको सरकारलाई सिक्न अझैँ कतिदिन लाग्छ ? भन्दै प्रश्न गरे । ‘बिहानले दिउँसोको जानकारी दिन्छ । सुरुमै गरेको कामले के गर्न खोजिरहेको छ भन्ने देखिन्छ,’ उनले भने । आफूलाई सरकार ढाल्नसँग सरोकार नभएको र त्यो शक्ति पनि नभएको बताउँदै उनले सरकार सच्चिएर काम गरिदिए पुग्ने बताए । उनले अगाडि भने, ‘हामीलाई अहिले सरकार ढाल्नु–साल्नु पनि छैन, त्यसमा ल...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
अर्थ, प्रशासन, समाचार

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

नेपालअखबार, काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्यअनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा सहुलियतपूर्ण ...
प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणका कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह
राजनीति, समाचार

प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणका कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह

नेपालअखबार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू सम्बद्ध सबै प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा कार्यरत कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना निकालेर आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क. को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्छ । सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने कानु...
आज सुन र चाँदीको मूल्य सामान्य बढ्यो
कर्पोरेट, समाचार

आज सुन र चाँदीको मूल्य सामान्य बढ्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो।...