Sunday, July 26

Blog

राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने
प्रशासन, समाचार

राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने

नेपाल अखबार, काठमाडौं। कोरोना संक्रमण नियन्त्रण गर्न गृह मन्त्रालयले राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । “लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७” अन्तर्गत अब अत्यावश्यक अवस्थामा बाहेक राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइनेछैन । उक्त मापदण्डलाई कडाईका साथ लागू गर्न निर्देशन दिइएको छ यसको अनुगमन प्रहरीले गर्ने जनाइएको छ ।मापदण्ड अनुसार अब साँस्कृतिक वा सामाजिक कार्यमा १५ भन्दा बढी व्यक्ति सहभागी हुन समेत पाइने छैन । त्यस्तै भौतिक पुर्वाधार तथा विकास निर्माण, उत्पादनमूलक र औद्योगिक कामकाजमा पनि १० भन्दा बढी व्यक्ति एकै पटक एकै स्थानमा भेला हुन पाउने छैनन् ।...
नागरिकता विधेयकबारे प्रधानमन्त्री ओलीले मागे सुझाव
राजनीति, विचार, समाचार

नागरिकता विधेयकबारे प्रधानमन्त्री ओलीले मागे सुझाव

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदमा विचाराधीन नागरिकता विधेयकका बारेमा पार्टीका नेता तथा सांसदहरुसँग राय सुझाव मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता तथा सांसदहरुसँग शुक्रबार बालुवाटारमा रायसुझाव मागेका हुन् । छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसदहरु देव गुरुङ, शशि श्रेष्ठलगायत रहेका छन् । उनीहरुसँग सरकारले विधेयकका बारेमा राय सुझाव मागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् । यसअघि बिहीबार ओली र प्रचण्डले काँग्रेसको धारणा सुनेका थिए । नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ साल भदौ ५ गतेदेखि विचाराधीन छ । बुधबारमात्रै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा ५ दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएकाले सरकारले स...
कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने
समाचार, समाज

कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने

नेपाल अखबार, काठमाडौं । यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।  लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले सुनाए । चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा ...
इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि
प्रशासन, समाचार

इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि

नेपाल अखबार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५ सय ३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसूरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए । तर, सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई पनि छाडेर विदामा बसेका थिए । त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा भए पनि नेपालले उल्टै आउट विदामा छाडेको भेटिँदा नेपालको ...
फेवातालको आयु बढ्नेछः मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

फेवातालको आयु बढ्नेछः मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । संरक्षणको चर्चा भएपनि विगतदेखि नै ‘यो वा त्यो वहनामा’ काम हुन नसक्ने फेवातालमा यतिखेर भने काम धमाधम जारी  छ । प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको सो तालको संरक्षणका लागि देखिने गरी काम हुन थालेपछि सङ्घीयताको औचित्य पुष्टि भएको छ । पोखराको मुटुमा अवस्थित सो ताल बचाउन प्रदेश सरकार र पोखरा महानगरपालिको संयुक्त साझेदारीमा फेवाजलाधार क्षेत्रका विभिन्न ४ वटा खोलामा सिल्टेसन बाँध र सिल्ट पोखरीको निर्माण भइरहेको छ । निर्माणाधीन कार्यको बिहीबार स्थलगत निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले तोकिएको समय र गुणस्तरीय विकास निर्माणले सङ्घीयताको औचित्य पुष्टि गरेको बताए । ‘नेपाल सरकार तथा विभिन्न सङ्घसंस्थाले गरेको अध्ययनका आधारमा ताल बचाउनका लागि जलाधार क्षेत्रमा चेक ड्याम निर्माण गरेर खोलासँगै तालमा बगेर आउने लेदोसहितको माटो रोक्न सिल्टेसन ब...
श्रेष्ठले अस्ट्रेलियाबाट पाेखराका २४ परिवारलाई रहत वितरण
समाचार

श्रेष्ठले अस्ट्रेलियाबाट पाेखराका २४ परिवारलाई रहत वितरण

नेपाल अखबार, पाेखरा।  काठमाडाैं निवासी  मानकारी सुजना श्रेष्ठ हाल अस्ट्रेलिया  कार्यगत  रहेता पनि काेराेनाकाे महामारीकाे अवस्थामा पाेखरा  मुस्लिम सामुदायका विपन्न   २४ घर परिवारलाई  खाध्याना रहत वितरण गर्नु भएको छ । नेपाल मुस्लिम युवा क्लव पाेखराका अध्यक्ष अफजल अलिमियाँले जानकारी दिनु भयाे।  विश्व मा नै काेराेनाकाे महामारी फैलिएकाे बेला विदेशबाट पनि पाेखरेली   विपन्न मुस्लिम परिवारलाई  सहयाेग गर्ने  सुजना श्रेष्ठ   धन्यवाद दिए ।  ...
कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क खाद्यन्न(तरकारी) वितरण कार्यक्रम एघारौँ पट सम्पन्न
विदेश

कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क खाद्यन्न(तरकारी) वितरण कार्यक्रम एघारौँ पट सम्पन्न

नेपाल अखबार,  न्यु-यार्क, अमेरिका ।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व तरकारीहरुको वितरण कार्यक्रम बिहीवार, जुन १८, २०२० बेलुका भव्यता का साथ सम्पन्न गरेको छ। सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइनसँग सहकार्य गरी निशुल्क वितरण गरेकाछन्। वहाँ ले यसै फाउण्डेशन लाई २९ बक्स-३० पाउण्डको प्रतेक बक्स, जम्मा ८७० पाउण्ड शुद्व तरकारीहरु र ऐप्पल सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र लगभग १०० जना नेपाली लगाएत सबै समुदायका मानिस हरुलाई वितरण गरेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।फाउण्डेशन कै कार्यालय (72-24 ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क) अगाडी बाट प्रथमतः का आधार मा लाईन अनुसार सामाजिक दुरी मा क्रमश: वितरण गरिएको थियो। फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा...
आज कहाँ–कहाँ थपिए कोरोना संक्रमित
समाचार, स्वास्थ्य

आज कहाँ–कहाँ थपिए कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । शुक्रबार थप ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै हेटौडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा ...
रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ
प्रशासन, समाचार

रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ

नेपाल अखबार, रूपन्देही। रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा उनकै बाबुसहित चार जना पक्राउ परेका छन्। रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेमकुमार थापाले  दिएको जानकरीअनुसार बच्चाको शवसहित उनका बाबु र अन्य तीन जना पक्राउ गरिएको हो। उनका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरका ८ वर्षीय राजेश परियारलाई गाडिएको अवस्थामा फेला पारिएको हो। उनलाई त्यही जिल्लाकाे तिलोत्तमा-४ को जंगलमा बोरामा लगेर गाडिएकाे थियाे। एसपी थापाका अनुसार ती बालक लामाे समयदेखि बिरामी थिए। त्यसका लागि उनका बाबुले गाउँमा चन्दासमेत जम्मा पारेका थिए। तर शुक्रबार बिहान अचानक ती बालकलाई जिउँदै गाडेकाे खबर आएपछि प्रहरी टाेली पुग्दा गाडिएकाे अवस्थामा फेला पारिएकाे हाे। तर उनकाे मृत्यु भइसकेकाे थियाे। एसपी थापाले घटना विस्तृत रुपमा खुलाउन चाहेनन्। ‘अहिले सबै कुरा नखुलाऔं,’ उनले भने,...
क्वारेन्टिनमै किरिया शुरु
समाचार, समाज

क्वारेन्टिनमै किरिया शुरु

नेपाल अखबार, बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन् ।  उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि  निधन भएपछि उनले क्वारेन्टिनमै किरिया शुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए । क्वारेन्टिनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए  ।  भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि  पठाइएको ...