Sunday, September 13

Blog

देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि
राजनीति, समाचार

देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायत गर्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन तयारी समिति बनाएर समानान्तर गतिविधि गरेका छन्। पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको समितिले समानान्तर महाधिवेशन गर्न कार्यतालिका जारी गरिसकेको छ। जसअनुसार असोज १५ गते वडा अधिवेशनको कार्यतालिका छ। केन्द्रीय प्रतिनिधिहरू जिल्ला पुगेर विभिन्न समितिहरू गठन गर्न भूमिका खेल्नेछन् र अधिवेशन कार्यहरू प्रारम्भ गरिने बताइएको छ। तेह्रथुममा केन्द्रीय प्रतिनिधि बनाइएकी पूर्वमन्त्री सीता गुरूङले भने अहसमति जनाएकी छन्। उनले कांग्रेस चुनाव चिह्न र चार तारे झण्डा जता छ आफू त्यहीँ रहने उल्लेख गरेकी छन्। देउवा पक्षले गर्न लागेको अधिवेशनमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भन...
भरतपुरमा गुडिरहेको कारमा आगो लाग्नुको कारण खोज्दै प्रहरी
समाचार, समाज

भरतपुरमा गुडिरहेको कारमा आगो लाग्नुको कारण खोज्दै प्रहरी

नेपालअखबार,काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुड्दागुड्दैको कारमा कसरी आगो लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । भदौ २६ मा बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्रदेश–०१–०३० च ५५७९ नम्बरको ईभी कार गुडिरहेको बेला अचानक आगलागी भएको थियो । कारमा आगलागी हुँदा चालक ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–१२ घर भएका पराजुलीले आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए । आयोन ब्राण्डको ईभी कार गुडिरहेको बेला अचानक आगलागी भएपछि चालक बाहिर निस्कन नसकेको र गाडीभित्रै उनले ज्यान गुमाएका थिए । कारमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले बताए । उनले भने, ‘प्राविधिकहरूसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ ।’ मृतकको चितवनस्थि...
बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित
समाचार, समाज, स्वास्थ्य

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

नेपालअखबार, सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ । चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दि । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।...
इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्कविहीन
विश्व, समाचार, समाज

इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्कविहीन

नेपालअखबार,काठमाडौं । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्। बन्जारमासिनस्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार, यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार, प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन। यसअघि पनि ...
हुथीले एन्थ्रोपिकको क्लड कोडको सहयोगमा गरे क्षेप्यास्त्र विकास
विश्व, समाचार

हुथीले एन्थ्रोपिकको क्लड कोडको सहयोगमा गरे क्षेप्यास्त्र विकास

नेपालअखबार, काठमाडौं । इरानसँग मिलेर काम गर्ने यमनको हुथी समूहले क्षेप्यास्त्र विकास गर्न अमेरिकी कम्पनी एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली ‘क्लड कोड’ प्रयोग गरेको छ। एन्थ्रोपिकले बिहीबार सार्वजनिक गरेको सुरक्षा प्रतिवेदनअनुसार उत्तरी यमनमा सक्रिय एउटा समूहले क्लड कोडको सहयोगमा एकैपटक तीनवटा क्षेप्यास्त्र परियोजनामा काम गरिरहेको थियो। एन्थ्रोपिकले उक्त समूहलाई हुथी भनेर किटान गरेको छैन। रोयटर्सका अनुसार प्रतिवेदनमा प्रयोगकर्ताहरू हुथी थिए वा थिएनन् भन्ने खुलाइएको छैन। तर उत्तरी यमनको अधिकांश भूभाग र राजधानी सना हुथीको नियन्त्रणमा छन्। हुथीसँग यसअघि नै निर्देशित रकेट, क्रुज तथा ब्यालिस्टिक मिसाइल चलाउने अनुभव र प्राविधिक संरचना छ। त्यसैले एसोसिएटेड प्रेस, फाइनान्सियल टाइम्स र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त समूह हुथीसँग सम्बन्धित हुन सक्ने बलियो सम्भावना र...
सुनचाँदीको मूल्य बढ्यो
कर्पोरेट, समाचार

सुनचाँदीको मूल्य बढ्यो

नेपालअखबार,  काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।...
यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ
राजनीति, समाचार

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

नेपालअखबार, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन् । हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने असाधारण प्रलयलाई आधार बनाएर लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने उनले स्पष्ट पारे। यस्ता घटनालाई आधार मानेर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै लगेमा आयोजनाहरू आर्थिक रूपमा असम्भव हुने उनको भनाइ छ। यद्यपि आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिए। सामान्य क्लाउडबर्स्ट, ठुलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित जोखि...
बागलुङमा बेवारिसे भरुवा बन्दुक फेला
समाचार, समाज

बागलुङमा बेवारिसे भरुवा बन्दुक फेला

नेपालअखबार, बागलुङ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो । यसैगरी, बुर्तिबाङबाट लागुऔषध  बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको उनले जानकारी दिए । प्रहरीले एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको सूचना अधिकारी त्वातीले बताउनुभयो । जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको जनाइएको छ ।...
उद्धारमा सरकारले अहङ्कार देखायो, विज्ञको सहयोग लिएको भए थप ज्यान जोगिन्थ्यो :  प्रचण्ड
राजनीति, समाचार

उद्धारमा सरकारले अहङ्कार देखायो, विज्ञको सहयोग लिएको भए थप ज्यान जोगिन्थ्यो : प्रचण्ड

नेपालअखबार, धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग नलिँदा धेरै मानिसको ज्यान बचाउन नसकिएको बताएका छन्। जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठुलो हिमाली प्रलयको स्वरूप भएको उल्लेख गरे। विपदबाट भएको क्षतिले नेपालसहित विश्व समुदायलाई स्तब्ध बनाएको उनको भनाइ छ। प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरू परिचालन गरेर उद्धार अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाहालले दाबी गरे। विदेशी विज्ञहरूले सहयोगको इच्छा देखाउँदा पनि सरकारले ‘हामी आफैँ गर्छौँ’ भन्ने अहङ्कार प्रदर्शन गरेको आरोप उनले लगाए। १०–११ दिनपछि पनि मानिसहरू जीवितै फेला परेकाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैलाई बचाउन सकिने अवस्था रहेको उनले स्पष्ट पारे। दाहालले...
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
समाचार, समाज

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

नेपालअखबार, कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् । पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन् । यही ऐतिहासिक तिलौराकोट दरबारको उत्तर–पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन् । एक ठूलो र अर्को केही सानो आकारका यी स्तूप शुद्धोधन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन् । कपिलवस्तु क्षेत्रमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक महत्वका धेरै सम्पदा छन् तर संरक्षण नहुँदा जीर्ण भएका छ...