विद्युत् प्राधिकरणले गर्यो २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय
नेपालअखबार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदबाट ऊर्जा बण्ड जारी गर्न पाएको स्वीकृतअनुसार सो निर्णय गरेको हो ।
असोज २३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो । प्राधिकरण स्रोतका अनुसार ठुला आयोजनाहरूमा लगानी गर्ने गरी प्राधिकरण बोर्डले २०अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले ऊर्जा बण्ड निष्कासनको स्वीकृतमा नै प्राधिकरणलाई उठाइने रकम पुँजीगत खर्चमा प्रयोग गर्नुपर्ने स्पष्ट सर्त तोकेको थियो । उक्त सर्तअनुसार कार्यान्वयन गर्ने गरी प्राधिकरण बोर्डले निर्णय गर...









