Monday, September 14

कर्पोरेट

सुनको भाउ २ हजार १ सय बढ्यो
कर्पोरेट, समाचार

सुनको भाउ २ हजार १ सय बढ्यो

नेपालअखबार, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि चाँदी पुस २३ गते हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको रेकर्ड छ ।...
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
कर्पोरेट, समाचार

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

नेपालअखबार,झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१–८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा रु ३६ करोड ७६ लाख २३ हजार मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए । गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात रु ११ करोड ७६ लाख ५० हजारले बढेको जनाइएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ । पहाडी तथा हिमाली जिल्ल...
तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो
कर्पोरेट, समाचार

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

नेपालअखबार,मुस्ताङ । मुस्ताङस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दशवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताए । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरलानाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ । यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो सङ्ख्या ल...
कुखुरामा देखिन थाल्यो ‘फाउल पोक्स’को संक्रमण, के हो यो?
कर्पोरेट, कृषि, समाचार, स्वास्थ्य

कुखुरामा देखिन थाल्यो ‘फाउल पोक्स’को संक्रमण, के हो यो?

नेपालअखबार,कञ्चनपुर।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको संक्रमण देखिएको छ। नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको संक्रमण पुष्टि भएको हो । नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने संक्रामक भाइरल रोग हो। यसलाई एभिन पोक्स पनि भनिन्छ । संक्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्ने उनले बताए। केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए। सो रोग संक्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग...
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
कर्पोरेट, कृषि, समाचार

जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम

नेपालअखबार,जुम्ला । जुम्लामा यस वर्ष ४१ करोड बढीको च्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो सातासम्म ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँको स्याउ निर्यात भएको हो । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पाँच हजार ५९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । यसपटक जुम्लाको स्थानीय स्याउ बगैँचाबाटै प्रतिकेजी ५० देखि ६५ रुपैयाँमा बिक्री भएको छ । केही पालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको कार्यालयले जनाएको छ । इटालियन फुजी स्याउ १७५ रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ । कार्यालयका अनुसार यस वर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम ४४१५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला बाहिर गएको छ । यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात २६४८...
राज्यले ध्यान नदिदा अर्बौको घाटा हुँदैछ हामी युवाहरुले सचेत  हुन आवश्यक छ:  युवा नेता प्रवीण पौडेल
कर्पोरेट, समाचार, हाइलाइट-समाचार

राज्यले ध्यान नदिदा अर्बौको घाटा हुँदैछ हामी युवाहरुले सचेत हुन आवश्यक छ: युवा नेता प्रवीण पौडेल

नेपालअखबार,काठमाडौँ ।नेपालमै गाडी कम्पनी स्थापना गर्ने हो भने खर्बौँ रुपैयाँ लगानी भइसकेका सवारीसाधनलाई पुनः प्रयोग गर्न सकिन्छ। तर यस विषयमा सरकार किन मौन छ भन्ने प्रश्न गम्भीर छ। राज्यले समयमा आवश्यक नीति लिन नसकेकै कारण हरेक वर्ष प्रयोगयोग्य गाडीहरू कवाडीको भाउमा फालिँदै आएकाछन्, जसले गर्दा नेपाली जनताको रगत–पसिना बालुवामा पानी खनाएझैँ खेर गइरहेको पौडेलले बताए।   नेताहरूको असंवेदनशीलता र तिनै नेतालाई मूल भ्रष्टाचारी भन्दै प्रचार गरेर संगठित रूपमा भ्रष्टाचार गर्न चतुर केही देशद्रोही कर्मचारीहरूको कारण मुलुकको अर्थतन्त्र दिनप्रतिदिन खस्कँदै गएको उनले बताए। साथै, देशले सरकारी सेवामा रहेका सम्पूर्ण नेपालीको ग्रीन कार्ड तथा सोसम्बन्धी प्रक्रिया सम्बन्धित देशको दूतावासबाटै सुरु गर्नुपर्ने र उनीहरूको सम्पत्तिको कडाइका साथ छानबिन गर्नुपर्ने आवश्यकता रहेको पनि पौडेलले बताए। य...
सुनको भाउले नाघ्यो २ लाख ६० हजार
कर्पोरेट, समाचार

सुनको भाउले नाघ्यो २ लाख ६० हजार

नेपालअखबार,काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ ।...
सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ
कर्पोरेट, समाचार

सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ

नेपालअखबार,काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ ।  तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य रेकर्ड ...
६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
कर्पोरेट, समाचार

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

नेपालअखबार,काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष...
अपर अरुण जलविद्युतमा १३ अर्बको शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
कर्पोरेट, समाचार

अपर अरुण जलविद्युतमा १३ अर्बको शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

नेपालअखबार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनिमय दर प्रति अमेरिकी डलर १४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याज बाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आयोजनाको निर्माण अवधिको व्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमा स्वःपूँजी (इक्विटी) ३० प्रतिशत अर्थात ७१ अर्ब ९४ करोड रहने छ । कूल लागतको ७० प्रतिशत अर्थात १ ...