Saturday, June 27

खेलकुद

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्थासंग अन्तक्रिया
खेलकुद, समाचार

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्थासंग अन्तक्रिया

नेपालअखबार, पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले कोटा निर्धारण र संख्या निर्धारण बारे विद्यालयहरुलाई दर्तामा समस्या नहोस भन्नका लागि महानगरको समन्वयमा अन्तक्रिया कार्यक्रम तय गरिएको बताए । माघ २८ गते सम्म अन्तिम दर्ता मिति रहेको जनाउँदै उन...
भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक
खेलकुद, समाचार

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

नेपालअखबार, भरतपुर। भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् । प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि फागुन १ सम्म हरेक दिन २ खेल खेलाउने गरी तालिका बनाइएका छन् । नकआउट चरणमा विजयी ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर्स कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल फागुन ४ बाट सुरु गरिने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए । प्रतियोगितामा सहभागी १० वटा सामुदायिक विद्यालयलाई प्रतियोगिताका मूल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आवश्यक खेलसामग्री र गेम जर्सी प्रदान गर्न...
गण्डकीमा ई–स्पोर्टस संघ गठन
खेलकुद, समाचार

गण्डकीमा ई–स्पोर्टस संघ गठन

नेपालअखबार, पोखरा । विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् । यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल बहादुर बाँनिया रहेका छन् । परिषदका बोर्ड सदस्य तथा खेल पत्रकार केशव पाठकको अध्यक्षतामा सम्पन्न भेलामा नवगठित तदर्थ समितिका अध्यक्ष बरालले गण्डकीमा इस्पोर्टस खेलको विकासमा आफूले सक्दो पहल गर्ने बताए ।...
पोखरामा पहिलो पटक शनिबार देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने
खेलकुद, समाचार

पोखरामा पहिलो पटक शनिबार देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

नेपालअखबार, पाेखरा। पोखरामा खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना यही माघ १३ गते (शनिबार) देखि पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको उहाँले दाबी गर्नु भयो । प्रतियोगितामा १ सय २१ जना खेलाडीहरु सहभागि हुनुहुने भएको छ ।...
टाइगरकप महिलातर्फ एपिएफ द्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन
खेलकुद, समाचार

टाइगरकप महिलातर्फ एपिएफ द्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

नेपालअखबार, पोखरा । पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रीक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो पटक लगातार उपाधि जितेको हो । यो जित संगै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । पहिलो सेट एपीएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले जित्दै एपिएफले नगद रु ५लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । उपबिजेता न्यू डायमण्डले नगद रु २ लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । यता पुरुषतर्फ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाण्डौ च्याम्पियन भएको छ । तीन जना भारतिय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प...
टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी
खेलकुद, समाचार

टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी

नेपालअखबार, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकी  विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गरेको हो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागनन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीको एपिएफ क्लवको ...
टाइगर कप भलिबल : महिलातर्फ पहिलो खेलमा गण्डकी पराजित
खेलकुद, समाचार

टाइगर कप भलिबल : महिलातर्फ पहिलो खेलमा गण्डकी पराजित

नेपालअखबार, पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली पराजित भएको छ । पोखरा रंगशालामा जारी दोश्रो दिनको खेलमा गण्डकी नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित गरेको हो । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले.बुझायो । नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका दुई सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि अन्ततः २५–१६ सेटले पुलिसलाई बुझाउन पुग्यो । जित संगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ । यो संगै नेपाल पुलिस ४ अंकका...
गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल
खेलकुद, समाचार

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए । त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुवंर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र बिजय खनाल (तनहुँ) रहेका छन् । यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरु आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक र...
२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन
खेलकुद, समाचार

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

नेपालअखबार, पोखरा । २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक लगाए । पोखरा रंगशालाको टेनिस कम्लेक्समा सम्पन्न फाइनलमा प्रदिप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका पूर्व नेपाल नं १ संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदिपलाई सुम्पिए तर तेश्रो तथा अन्तिम सेटमा ७–६, (७–५) ले संघर्षपूर्ण जित निकाल्दै नगद रु ८० हजारका...
कर्णाली प्रदेशका संसद महिलाहरूले भलिबल खेलमा जित हात पारे
खेलकुद, समाचार, समाज

कर्णाली प्रदेशका संसद महिलाहरूले भलिबल खेलमा जित हात पारे

नेपालअखबार, काठमाडाैं । कर्णाली प्रदेशका संसद महिलाहरूले भलिबल खेलमा जित हात पारेका छन् । खेलकुद विकास परिषद्को स्थापना दिवसमा मैत्रिपूर्ण भलिबल खेल  आयाेजना गरिएकाे थियाे । उत्त खेलमा  कर्णाली प्रदेशमा संसद महिलाहरु र महिला पत्रकार दुइ समुह बिचमा  खेल सम्पन्न भएकाे थियाे ।