Saturday, July 18

खेलकुद

बोट रेसमा स्विमिङपुलघाट विजयी
खेलकुद, समाचार

बोट रेसमा स्विमिङपुलघाट विजयी

नेपालअखबार, पोखरा । रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे । विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए । सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरु...
२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने
खेलकुद, समाचार

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने

नेपालअखबार, पोखरा । पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो सेट ३–६ ले अभिनन्सुलाई सुम्पिएका प्रदिपले दोश्रो सेटमा सम्हालिएर खेल्दै ६–२ आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याए । अन्तिम सेटमा प्रदिपले अभिनन्सुलाई ६–४ ले पछि पार्दै फाइनलमा स्थान पक्का गरे । त्यस्तै मेन्स सिंगल्सतर्फ नै भएको सेमीफाइनलमा पूर्व नं १ संरक्षकले २–० को सोझो सेटमा ऋतिक...
सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु
खेलकुद, समाचार

सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

नेपालअखबार, पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो ।” सरकारले खेल पूर्वाधारहरुको निर्माणका लागि संघिय, स्थानिय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउने गरि आफूले समन्वय गरिरहेको बताए । संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्वुले संघ...
पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम
खेलकुद, समाचार

पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम

नेपालअखबार, पोखरा । पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन्। क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा मंगलबार सुरु भएको हो । प्रतियोगिताका अन्य खेलहरु आगामि शनिबारसम्म संचालन हुनेछन् । प्रतियोगितामा क्रिकेट, भलिवल, फुटबल, टेवलटेनिस र बास्केटलबलका खेलहरु हुनेछन् । कार्यक्रमको गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य तथा नेपाल स्काउटका पूर्व महासचिव हेरम्ब...
प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत
खेलकुद, समाचार, समाज

प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत

नेपालअखबार, पाेखरा। पोखराको नदिपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले स्पोर्टस् मीट २०८० मा उत्कृष्ट विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कृत गरेको छ । अन्तरसदनात्मक प्रतिष्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शिल्ड, मेडलले पुरस्कृत गरिएको हो । स्पोर्टस् मीटमा हरियो, रातो, पहेंलो र निलो सदन गरी समूहगत रुपमा विद्यार्थीहरुले विभिन्न खेलहरुमा स्पर्धा गरेका थिए । साथै, कक्षागत रुपमा बेस्ट स्टुडेन्ट अफ द मन्थ अवार्ड पनि प्रदान गरिएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले पुरस्कार प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षामा अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्ति...
मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र
खेलकुद, समाचार

मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र

नेपालअखबार, पाेखरा। पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । ...
प्रदेश खेलकुद परिषद गण्डकीकाे बैठक सम्पन्न
खेलकुद, समाचार

प्रदेश खेलकुद परिषद गण्डकीकाे बैठक सम्पन्न

नेपालअखबार, पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए । “आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अ...
१८ औ जेपी क्रस विद्यालयस्तरिय बास्केटबलमा फिस्टेललाई दोहोरो उपाधि
खेलकुद, समाचार

१८ औ जेपी क्रस विद्यालयस्तरिय बास्केटबलमा फिस्टेललाई दोहोरो उपाधि

नेपालअखबार, पोखरा । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबलको उपाधि  फिस्टेल एकेडेमीले जितेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा फिस्टेलको छात्र÷छात्रा टिमले विजयी हुँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा छात्रतर्फ फिस्टेलले गण्डकी बोर्डिङलाई ५१–३१ ले तथा छात्रातर्फ बालकल्याणलाई २०–१७ को स्कोरले पराजित गरी उपाधि जितेको छ । उपाधि संगै फिस्टेल एकेडेमीले छात्र÷छात्रा दुवैतर्फ नगद रु २०/२० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छात्रतर्फ गण्डकी बोर्डिङ र छात्रातर्फको उपविजेता बाल कल्याणले समान नगद रु १५÷१५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगितामा छात्रतर्फ मष्ट भेलुयबल प्लेयरमा फिसटेलका अस्विन चालिसे र छात्रातर्फ फिस्टेलकी आइको लक्ष्मी घोषित हुँदै ट्रफी, प्रमाणपत्रका साथमा...
जेपी क्रस अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल फाइनल भोली
खेलकुद, समाचार

जेपी क्रस अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल फाइनल भोली

नेपालअखबार, पोखरा  । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र–छात्रा बास्केटबल पोखरामा जारी रहेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको तेश्रो दिन अन्तिम चारको टुङ्गो लागेको छ । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ फिस्टेल, न्यू ग्यालेक्सी, बालकल्याण, अल्फा सेमीफाइनलमा प्रवेश गरेका छन् भने छात्रतर्फ स्पाइरल ग्यालेक्सी र अल्फाले अन्तिम चारमा स्थान बनाएका छन् । आइतबार छात्रातर्फको खेलमा बाल कल्याणले एलएलाई १७–० ले, फिसटेलले गण्डकी बोर्डिङलाई १७–८ ले, न्यू ग्यालेक्सीले ग्लोबललाई ८–३ ले स्कोरले पराजित गरेको कास्की बास्केटबल संघले जनाएको छ । त्यसै गरि छात्रतर्फ स्पाइरल ग्यालेक्सीले बालकल्याणलाई ७४–३८ ले, फिसटेलले मनकामनालाई ५०–४० ले र अल्फाले एलएलाई १९–१८ को स्कोरले पराजित गरेको अध्यक्ष कृष्ण गुरुङले जनाए । विश्वभर फैलिएको कोभिड १९ को सक्रमणक...
चुरे संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्छ : प्रथम राष्ट्रपति यादव
खेलकुद, समाचार, समाज

चुरे संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्छ : प्रथम राष्ट्रपति यादव

नेपालअखबार, जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताएका छन् । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उनले त्यस्तो बताएका हुन् । प्रथम राष्ट्रपति यादवले चुरे जल भण्डारका रूपमा रहेको चुरे विनाश तराई मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताए । “चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु । म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँ...