Monday, May 25

खेलकुद

नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै
खेलकुद, समाचार

नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

नेपालअखबार, काठमाडौं ।नेपाल टी-२० लिगको उपाधिका लागि आज लुम्बिनी अलस्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायर्समा जनकपुरलाई पराजित गर्दै लुम्बिनी अलस्टार्स फाइनल पुगेको हो ।विराटनगर भने यस लिगमा सबैभन्दा धेरै खेल खेल्दै फाइनल पुगेको हो । एलिमिनेटरमा काठमाडौंलाई पराजित गरेर दोस्रो क्वालिफायर्स पुगेको विराटनगरले क्वालिफायर्समा जनकपुरलाई ३९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल खेल आज मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।...
फुटबलबाट सन्यास लिने वेल्सका कप्तान बेलको घोषणा
खेलकुद, समाचार

फुटबलबाट सन्यास लिने वेल्सका कप्तान बेलको घोषणा

नेपालअखबार, काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।’उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’ बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् । दुई युरोपियन च्याम्पिनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्याए । १९५८ पछि पहिलो पटक विश्वकपमा पनि ...
नेपाल टी–२० लिग : फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै
खेलकुद, समाचार

नेपाल टी–२० लिग : फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै

नेपालअखबार, काठमाडौं । नेपाल टी-२० लिगमा आजदेखि प्लेअफका खेलहरू सुरु हुने भएका छन् । आज अंक तालिकाका दुई शीर्ष टिम लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स फाइनल प्रवेशका लागि खेल्दै छन् । यो क्वालिफायर्स मध्याह्न साढे १२ बजेदेखि सुरु हुँदैछ । लुम्बिनी १० खेलमा आठमा जित र दुईमा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै जनकपुर १० खेलमा सात मा जित र तीन मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । आजको विजेता टोली सिधैं फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि सोमबार हुने एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ । मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ । विराटनगर सुपर किंग्स १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौं १० खेलमा चारमा जित र ६ मा हारसहित आठ अंकका...
उपयुक्त वातावरण भए नेपालको फुटवल टोलीलाई स्पेन र विश्व चर्चीत खेलाडी नेपाल ल्याउन पहल गछौंः उपाध्यक्ष सुवेदी
खेलकुद, समाचार

उपयुक्त वातावरण भए नेपालको फुटवल टोलीलाई स्पेन र विश्व चर्चीत खेलाडी नेपाल ल्याउन पहल गछौंः उपाध्यक्ष सुवेदी

नेपालअखबार, पोखरा । लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपालमा उपयुक्त वातावरण भएको खण्डमा नेपालका फुटवल खेलाडी स्पेन र विश्व चर्चीत फुटवल खेलाडीहरुलाई नेपाल ल्याउन पहल गर्ने बताएका छन्। फाउण्डेशनको आयोजनामा हालै पोखरा र काठमाण्डौंमा हालै सम्पन्न भएको मैत्रिपुर्ण फुटवल खेलको विहिबार पोखरामा आयोजित समिक्षा सहित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उपाध्यक्ष सुवेदीले नेपालको फुटवल खेलको विकासको लागि आफुहरुले नेपालका खेलाडी स्पेन र स्पेनबाट विश्वकै चर्चीत खेलाडी नेपाल ल्याउने उपयुक्त वातावरण भए त्यसमा आफुहरुले पहल गर्ने बताएका हुन्। शान्ती र पर्यटनका लागि फुटबल भन्ने नाराका साथ नेपालमा ऐतिहासिक मैत्रिपुर्ण फुटवल खेल भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था एवं व्यक्तिहरुलाई फाउण्डेशनले धन्यवाद दिएको छ । आफुहरुले विश्वमा फुटवल खेलको माध्यमबाट शान्ति र प...
मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस यू–८ मा इभानलाई उपाधि
खेलकुद, समाचार

मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस यू–८ मा इभानलाई उपाधि

नेपालअखबार, पोखरा स्पोर्टस । पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार यू–८ ब्वाइजतर्फ इभान भट्टराईले उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू–८ ब्वाइज सिंगल्स फाइनलमा २–० को सोझो सेटमा पराजित गरी इभानले उपाधि जितेका हुन् । निकै प्रतिष्पर्धात्मक रहेको खेलमा बेदान्त चालिसेलाई टाइ ब्रेकरमा पराजित गरेका थिए । पहिलो सेट १०–७ ले जितेका इभानले दोश्रो सेट १०–२ ले जिते । प्रतियोगितामा भिरल अग्रवाल र जिवश भट्टराई तेश्रो भएका छन् । त्यस्तै शुक्रबार नै यू–९, यू–१० र यू–१२ उमेर समुहका ब्वाइज तथा गल्र्सतर्फ सेमीफाइनलका समिकरण पुरा भएका हुन् । प्रतियोगिता अन्तर्गत यू–९ ब्वाइज सिंगल्स इभान भट्टराइले फाइनलमा आयर्शराज पौडेलको सामना गर्ने छन् । इभानले टाइब्रेकरमा सोरा प्रजापतीलाई टाइब्रेकरमा...
मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा राजबिर, सुनिरा र ब्रिजेशलाई उपाधि
खेलकुद, समाचार

मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा राजबिर, सुनिरा र ब्रिजेशलाई उपाधि

नेपालअखबार, पोखरा। पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा राजबिर प्रधान, सुनिरा थापा र ब्रिजेश अर्यालले उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बिहिबार सम्पन्न यू–१६ उमेर समुहमा ब्वाइजतर्फ राजबिर, गल्र्सतर्फ सुनिरा तथा यू १४ ब्वाइजतर्फ ब्रिजेशले फाइनल खेल जित्दै पदक जितेका हुन् । प्रतियोगिता अन्तर्गत सम्पन्न यू–१६ ब्वाइजतर्फको फाइनलमा राजबिर प्रधानले आयुष्मान हजुर घलेलाई सोझो २–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो र दोश्रो सेट समान ६–२, ६–२ ले पराजित गर्दै उपाधि जित्दा सोही उमेर समुहको गल्र्सतर्फ सुनिरा थापाले श्वस्तिका बज्रचार्यलाई ६–२, ६–२ ले पराजित गर्दैै उपाधि जितिन् । उपाधि संगै राजबिर र सुनिराले समान नगद जनही रु १५ हजारका साथमा मेडल र उपविजेता बनेका आयुष्मा...
पोखरा म्याराथन ६ फागुनमा
खेलकुद, समाचार

पोखरा म्याराथन ६ फागुनमा

नेपालअखबार, पोखरा । १७ औं संस्करणको पोखरा म्याराथन ६ फागुनमा हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगितामा विभिन्न ८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पोखरा म्याराथनले यसै वर्ष अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संगठन ‘एम्स’बाट मान्यता पाएको छ । प्रतियोगितामा खुला म्याराथन (४२.१९५ किमी), हाफ म्याराथन (महिला) २१.०९७ किमी, १० किलोमिटर पुरुष र महिला दौड, ५ किलोमिटर विद्यालयस्तरीय छात्र–छात्रा दौड, ह्विलचियर तथा दृष्टिविहीन दौड (महिला, पुरुष) र ‘रन फर फन’ इभेन्ट हुने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार यसै संस्करणदेखि खुला म्याराथन विजेताले ५ लाख रुपैयाँ पाउनेछन् । अघिल्लो संस्करणमा पुरस्कार राशी ४ लाख रुपैयाँ थियो । यो नेपालमा हुने म्याराथन प्रतियोगिताको पुरस्कारमध्ये सर्वाधिक राशी पनि हो । म्याराथनमा दोस्रो हुनेले ३ लाख, तेस्रो हुन...
विश्वकपमा मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने
खेलकुद, विश्व, समाचार

विश्वकपमा मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने

नेपालअखबार, काठमाडाैं । कतार विश्वकपमा अर्जेन्टिनाको सफलतापछि लियोनल मेस्सी बसेको होटलको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ ।  मेस्सीले घट वर्षको लागि आफ्नो राष्ट्रको पहिलो विश्वकप जितमा महत्वपूर्ण भूमिका खेलेका थिए, र फाइनलमा दुई पटक गोल गरेपछि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। ३५ वर्षीय खेलाडीले सात गोल गरेपछि सिल्भर बुट पनि पाएका थिए । उनका उपलब्धिहरू अब अमर बन्ने भएका छन् । अचराफ बेन अयादले ट्वीट गर्दै कतारको विश्वविद्यालयमा उनी बसेको ठाउँलाई ‘सानो संग्रहालय’ मा परिणत गरिने घोषणा गरेका हुन् ।  यसले उत्सुक प्रशंसकहरूलाई सर्वकालीन महान फुटबलरको रूपमा चिनिएका मेस्सीले कसरी विश्वकप अभियानका खेलहरू बीचको समय बिताए भनेर हेर्न अवसर प्रदान गर्नेछ।  –डेली मेल...
फागुनमा प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने
खेलकुद, समाचार

फागुनमा प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने

नेपालअखबार, पोखरा ।  हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादु रोकाले बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए । कास्की बाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि...
मैत्रीपुर्ण फुटबल खेलमा स्पेनको काथेरेन्यो क्लब विजयी
खेलकुद, समाचार

मैत्रीपुर्ण फुटबल खेलमा स्पेनको काथेरेन्यो क्लब विजयी

नेपालअखबार, पोखरा । पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो । काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए । काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २—० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका केही अवसर खेर समेत गएका थिए । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए । गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी ११ ले...