मैत्रीपुर्ण फुटबल खेलमा स्पेनको काथेरेन्यो क्लब विजयी
नेपालअखबार, पोखरा । पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।
काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए ।
काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २—० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका केही अवसर खेर समेत गएका थिए । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए । गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी ११ ले...










