Saturday, October 31

खेलकुद

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स
खेलकुद, विश्व, समाचार

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स

नेपालअखबार, काठमाडौं । फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् । सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो । फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ । जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर...
जसले स्पेनलाई विश्वकप जिताएका थिए
खेलकुद, विश्व, समाचार

जसले स्पेनलाई विश्वकप जिताएका थिए

नेपालअखबार, एजेन्सि । विश्व फुटबलमा चर्चामा आउने डिफेन्सीफ मिडफिल्डर मध्यका एक हुन् सर्जियो बुस्केट । बुस्केटले क्लब र देशका लागि जित्न बाँकी उपाधि कमै छ । सन् २००९ बाट स्पेनको राष्ट्रिय टोलीबाट खेल्न लागेका बुस्केटले विश्वकपबाट बाहिरिएसँगै सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका स्टार बुस्केटले देशका लागि १४३ खेल खेल्दै थुप्रै उपाधि जिताएका छन् । सन् २०१० को विश्वकपसँगै सन् २०१२ को युरोकप उपाधि जिताएका उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतार विश्वकपमा उनले कप्तानको भूमिका निभाएका थिए । स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनुमा उनको महत्वपूर्ण योगदान छ । विश्वकप उपाधि जितेर सन्यास लिने योजना बनाएका उनले यो विश्वकपमा भने आफूले सोचे अनुरूप हुन सकेन । ३४ वर्षीय खेलाडी बुस्केटले आफूले  १५ वर्षसम्म राष्ट्रिय टोलीमा बिताएको बताउँदै सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दि...
फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
खेलकुद, विश्व, समाचार

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

नेपालअखबार, एजेन्सि। मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो । मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको् भेट निश्चित भयो । मोरक्कोले रोमन साइसलाई पनि चोटका कारण पहिलो हाफमै गुमायो । यद्यपी समर्थकको अटूट स्नेहक...
अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान
खेलकुद, विश्व, समाचार

अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान

नेपालअखबार, । मंगलबारसम्म जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ । सन् १९९८ देखि माथाउसको २५ खेलको कीर्तिमान कसैले तोड्न सकेको थिएन । उनले सन् १९८२ देखि १९८८ सम्म विश्वकप खेलेका थिए । यसबीच उनले सन् १९९० को विश्वकपको उपाधि समेत जितेका थिए । यता सन् २००६ बाट विश्वकप खेल्न थालेका मेस्सीको यो पाँचौँ विश्वकप हो ।  सन् २००६ मा ३ खेल खेलेका उनले सन् २०१० मा ५ खेल खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म पुग्दा उनले ७ खेल खेले भने सन् २०१८ मा उनले ४ खेल मात्र खेल्न पाएका थिए । सन् २०२२ मा उनले ६ खेल खेलिसकेका छन् । मंगलबार राति क्रोएसियालाई हराउँदै मेस्सीले विश्वकपको उपाधि उचाल्ने दोस्रो म...
विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

नेपालअखबार, एजेन्सि। कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो । यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ । जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरण...
नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खड्कबहादुरलाई
खेलकुद, समाचार

नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खड्कबहादुरलाई

नेपालअखबार, नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् ।आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमश: दोस्रो र तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन् । यस्तै, हाफ म्याराथनतर्फ बागमती प्रदेशकी  सन्तोषी श्रेष्ठ प्रथम भएकी छिन् । उनले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन् । भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भइन् । चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्का ले एक घण्टा ३६ मिनेट ४५ सेकेण्ड लगाइन् ।...
आज विश्वकप फुटबल  क्वाटरफाइनलको अन्तिम दुई खेल
खेलकुद, विश्व, समाचार

आज विश्वकप फुटबल क्वाटरफाइनलको अन्तिम दुई खेल

नेपालअखबार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा
खेलकुद, समाचार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

नेपालअखबार, काठमाडौं । नेपाली तीव्र गतिका बलर सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिवियासँग अहिले भइरहेको खेलमा २ विकेट लिएसँगै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको ५० विकेट पूरा गरेका हुन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सन् २०१८ को अगष्टमा पहिलोपल्ट नेदरल्याण्ड्ससँग शृंखला खेलेको थियो । त्यसयता ३० इनिङ्समा सोमपालले यो उपलब्धि हासिल गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने सोमपाल नेपालका दोस्रो खेलाडी हुन् । यसअघि पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ विकेट लिएका छन् । सन् २०१९ को जनवरी २६ मा युएईसँगको शृंखलाका क्रममा सोमपालले ६.३ ओभर बलिङ गरी १ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो ...
ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित
खेलकुद, विश्व, समाचार

ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित

नेपालअखबार,काठमाडौं । विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न हजारौंको संख्यामा ब्राजिली समर्थकहरु यतिबेला कतारमा छन् । उनीहरु गाउँदै, नाच्दै आफ्नो टिमको हौसला बढाइरहेका छन् । तर, भित्री मनबाट आफ्ना ‘राजा’ पेलेको स्वास्थ्यका लागि मौन प्रार्थाना गरिरहेका छन् । ब्राजिलले जब दक्षिण कोरियालाई हराएर विश्वकपको नकआउट चरणमा प्रवेश पायो । त्यतिबेला समर्थकको एकमात्र आग्रह थियो– कृपया पेलेका लागि विश्वकप जित । पेले नामबाट विश्वभर परिचित एड्सन अरान्तेस डो नासिमेन्तो पेटको क्यान्सरबाट ग्रसित छन् । उनलाई स्वासनलीको संक्रमणका कारण गत साता अस्पताल भर्ना गरिएको छ । उनी ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा टिमका प्रमुख खेलाडी थिए । ‘हाम्रो लागि पेले राजा हुन्,’ हातले टाउकोको काल्पनिक राजमुकुटतर्फ इशारा गर्दै एक ब्राजिली समर्थक अर्लेमले भनिन्, ‘हामी उनलाई माया गछौं । उनी हाम्रा आदर्श हुन् । ...
रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता
खेलकुद, विश्व, समाचार

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

नेपालअखबार, एजेन्सि। स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए । बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरेका थिए । रामोसले १७ औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१ औं मिनेटमा गरे । रामोसले ६७ औं मिनेटमा ह्याट्रिक पूरा ...