Monday, May 25

खेलकुद

पदक विजेता खेलाडीलाई महानगरको सम्मान
खेलकुद, समाचार

पदक विजेता खेलाडीलाई महानगरको सम्मान

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गर्नुभएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कांस्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले नगद सहित सम्मान गरेको हो । स्वर्ण पदक विजेतालाई प्रति पदक नगद रु।१५ हजार ९व्यक्तिगत० तथा समूहमा सहभागी प्रति खेलाड...
नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अग्रस्थानमा, चार स्वर्ण
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अग्रस्थानमा, चार स्वर्ण

नेपालअखबार, पोखरा। गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो । गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत,, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदुर पश्चिमले एक रजत जित्न सक्यो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टीम, रिकर्भ मिक्स टीम, कम्पाउण्ड मेन टीम र स्टान्डर्ड मेन टीममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टीम र स्टान्नर्ड मिक्स टीममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपीएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो । रिकर्भ म...
सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक÷एक स्वर्ण
खेलकुद, समाचार

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक÷एक स्वर्ण

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् । पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक÷एक स्वर्ण पदक जितेका हुन् । पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते । फाईनलमा पराजित प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीले रजत पदक प्राप्त गर्दा बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले काश्य पदकमा चित्त बुझाए । यस्तै महिला तर्फ एपीएफले स्वर्ण पदक जित्यो । एपीएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन् । उक्...
पाँचौ डायमण्ड रनिङ सिल्ड जारी
खेलकुद, समाचार

पाँचौ डायमण्ड रनिङ सिल्ड जारी

सुमन जिसी, लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको तेस्रो दिन विद्यालय स्तरीय फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक विकास लामिछानेले जानकारी दिनुभएको छ । तेस्रो दिनको पहिलो फुटबल खेल होटल मेनेजमेन्ट समुह ए ले कक्षा ८ ए लाई ३—० गोलले पाखा लगाउदै समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै सुशान्त थापाको ह्याट्रिक गोलको मद्धतमा कक्षा ८ बि लाई पछि पारदै विज्ञान समुह ए विजयी बनेको छ । तेस्रो दिनका तेस्रो खेलमा विज्ञान समुह बि ले कक्षा ९ ए लाई बिकल तिवारीको ह्याट्रिक सहित ६—० गोलको सहज जित निकालन सफल भएको छ जुन खेलमा आदर्श अधिकारीले दुई र प्रेम गुरुङ्गले एक गोल गरेका...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउदै आर्मी
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउदै आर्मी

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदक सहित ६५ पदक जितेको छ। अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक हात परेको छ। यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ । यता एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित १२ पदक जितेका छन्। त्यसैगरी, सुदुर पश्...
लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा
खेलकुद, समाचार

लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा

नेपालअखबार, पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नों नाममा लेखाईन् । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् । प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लाग...
पाँचौ डायमण्ड रनिङशिल्ड शुरु
खेलकुद, समाचार

पाँचौ डायमण्ड रनिङशिल्ड शुरु

सुमन जिसी, लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ । कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व का विद्यार्थीहरुबिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृ...
महिला हक्की : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा
खेलकुद, समाचार

महिला हक्की : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

नेपालअखबार, पोखरा ।   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । हक्...
फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र सशस्त्रलाई समान ३ स्वर्ण
खेलकुद, समाचार

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र सशस्त्रलाई समान ३ स्वर्ण

नेपालअखबार, पोखरा ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३÷३ वटा स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषातर्फ ६०—६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । सशस्त्र प्रहरी बलले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुल्ला तौल समूहमा नेपाल आर्मीका बिजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह...
नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण
खेलकुद, समाचार

नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

नेपालअखबार, पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको  प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताउनुभयो । महिलातर्फ सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो भएका छन् । पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राई तेस्रो भए । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाका दीपेन्द्र गुरुङ र प्...