बागलुङमा भलिबल प्रशिक्षण केन्द्र
नेपाल अखबार,बागलुङ । व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् ।
बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु। दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उनले भने ।
भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनेछन् । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए । मासिक रु। पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ । खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जन...
