Monday, May 25

खेलकुद

चेल्सीलाई पेनाल्टीमा हराउँदै स्पर्स क्वार्टरफाइनलमा
खेलकुद

चेल्सीलाई पेनाल्टीमा हराउँदै स्पर्स क्वार्टरफाइनलमा

नेपालअखबार, एजेन्सि। मेसन माउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्यामले चेल्सीलाई पेनाल्टीमा हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा टोटनह्याम ५–४ गोलअन्तरले विजयी भएको हो । लगातार ९ वटा पेनाल्टी गोलमा परिणत भएपछि माउन्ट १० औँ पेनाल्टी हिर्काउन पुगेका थिए । तर, इंग्ल्याण्डका मिडफिल्डरको प्रयास विफल भएको थियो । यसअघि, खेलको पहिलो हाफमा चेल्सीले नियन्त्रण राख्दै टिमो वेर्नरको गोलको मद्दतले अग्रता लिएको थियो । चेल्सीका लागि उनको यो पहिलो गोल हो । दोस्रो हाफमा भने टोटनह्यामले सुधारिएको प्रदर्शन गर्यो । अन्ततः खेल सकिन ७ मिनेट बाँकी छँदा सर्जियो रेगुलियनको पासमा गोल गर्दै एरिक लामेलाले खेल बराबरी गरे । अतिरिक्त समय नखेलाइ खेल सिधै पेनाल्टीमा पुगेको थियो । जसमा माउन्टले पेनाल्टी मिस गर्दा टोटनह्याम विजयी बन्यो ।...
रोनाल्डोले जोगाए १० खेलाडीमा सिमित युभेन्टसलाई
खेलकुद

रोनाल्डोले जोगाए १० खेलाडीमा सिमित युभेन्टसलाई

नेपाल अखबार, एजेन्सि। क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २–२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभे दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे । खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले पेनाल्टीबाट रोमालाई अग्रता दिलाए । तर, ४४ औँ मिनेटमा पेनाल्टीबाटै गोल गर्दै रोनाल्डोले युभेलाई खेलमा फर्काए । पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले हेनेरिक मिखितारियनको पासमा गोल गर्दै खेलमा पुनः रोमालाई अग्रता दिलाए । ६२ औँ मिनेटमा एड्रियन रोबियोटले दोस्रो पहेँलो कार्ड पाएपछि युभे १० खेलाडीमा सिमित बन्यो । तर, लगत्तै ड्यानिलोको क्रसमा हेडमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीसँग युभेन्टस लिगको चौथौँ स्थानमा खस्किएको छ । रोमा लिगको १३ औँ स्थानमा रहेको छ ।...
पाँच गोलको थ्रिलरमा रियल विजयी
खेलकुद

पाँच गोलको थ्रिलरमा रियल विजयी

नेपाल अखबार, एजेन्सि। भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो । फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए । दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो । बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीम...
आजदेखि सञ्चालनमा आयो फुटसल
खेलकुद, समाचार

आजदेखि सञ्चालनमा आयो फुटसल

नेपाल अखबार, पाेखरा । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ ।  फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताए । विश...
७० करोड युरोको बन्धनमा मेस्सी
खेलकुद

७० करोड युरोको बन्धनमा मेस्सी

नेपाल अखबार, एजेन्सि। लियोनल मेस्सीले अन्तत बार्सिलोना नछाड्ने भएका छन् ।  ३३ वर्षीय मेस्सी विगत २० वर्षदेखि क्याटलान क्लबमा आबद्ध छन् र १६ वर्षदेखि माथिल्लो डिभिजनमा खेलिरहेका छन् । गत अगस्टमा उनले क्लब छाड्ने इच्छा व्यक्त गर्दै व्यवस्थापनलाई यसको जानकारी दिएका थिए । तर अहिले आफ्नै निर्णयमा ‘बाध्यात्मक’ रुपमा उनी युूटर्न भएका छन् । अब चाडैँ उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा ट्रेनिङ सुरु गर्नेछन् । मेस्सीले नचाहनुको कारण यसरी गोल डटकमसँगको यसरी शेयर गरेका छन् । छोरासहित पुरै परिवार रोयो जब मेस्सीले क्लब छाड्ने विषयमा श्रीमती र परिवारसँग कुराकानी गरे । तब निकै कठिन अवस्था निम्तियो । ‘पुरै परिवार रुन थाल्यो । मेरा छोराहरु बार्सिलोना छाड्न चाहन्नन् । उनीहरु स्कुल फेर्न चाहँदैनन् । तर मैले निके टाढाको सोचेको थिएँ । म माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छु । म च्याम्पियन्स लि...
लिभरपुललाई हराउँदै आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड
खेलकुद

लिभरपुललाई हराउँदै आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड

नेपाल अखबार, एजेन्सि। पिएरे एमेरिक आउबामेयाङको प्रेरणामा आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको प्रहार पोस्टमा लागेपछि आउबेमियाङले विजयी गोल गर्दै आर्सनललाई ५–४ को जीत दिलाए । लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा उपाधि गुमाएको हो । सन् २०१९ मा म्यान्चेस्टर सिटी विजयी बनेको हो । आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको यो १६ औँ पटक हो । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २१ पटक यो उपाधि जितेको छ । पछिल्ला सात सिजनमा आर्सनलले चार पटक यो उपाधिमाथि क...
धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा
खेलकुद, विदेश, समाचार

धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा

नेपाल अखबार, एजेन्सि। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । महेन्द्र सिंह धोनीले इन्स्टाग्राम पोस्ट गरेर अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । आफ्नो इन्स्टाग्राम पोस्टमा धोनीले प्रशंसकलाई धन्यवाद दिँदै आज बेलुका ७ बजेर २९ मिनेटपछि मलाई अवकाशप्राप्त बुझ्नुहोस् । धोनीले यसअघि पनि ठूलो मौनताबीच आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिँदै मानिसहरुलाई चकित पार्दै आएका छन् । वनडे र टी–२० को कप्तानी छोड्नु होस् वा टेस्टबाट सन्सास लिनु होस्, धोनीले यस्ता थुप्रै निर्णयले मानिसहरुलाई छक्का पारेका छन् । धोनीको नीजि जीवन पनि यसको अपवाद होइन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन् २०१० को जुलाई ४ मा साक्षी सिंह रावतसँग चुपचाप विवाह गरे र आफ्ना सबै प्रशंसकलाई सरप्राइज दिए । धोनी र साक्षीले देशरादूनमा ...
बज्र मनासलुको दौडमा पवित्रा प्रथम
खेलकुद, प्रदेश ४, समाचार

बज्र मनासलुको दौडमा पवित्रा प्रथम

गाेरखा । रोट्र¥याक्ट क्लब अफ बज्र मनासलुले आयोजना गरेको दौड प्रतियोगितामा पवित्रा बलयकोटी प्रथम भएकी छिन् । १ सय १० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा क्लबले आयोजना गरेको दौडमा वलयकोटी प्रथम भएकी हुन । गोरखा सदरमुकामको रंगशालाबाट सुरु भई हरमटारी–बिसौनीमोड–बसपार्क–ठूलोआँगन–पाटेचौर–अस्पतालमाार्ग हुदै पुनः रंगशालामा आएर टुंगिएको प्रतियोगितामा वलयकोटीले १२ मिनेट १२ सेकेण्डमा पार गरेकी थिइन् । सो दुरी साडे दुई किलोमिटर रहेको क्लबले जनाएको छ । त्यस्तै प्रतियोगितामा १२ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सविता पुलामीमगर दोस्रो भइन भने १२ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गर्ने सुजिता लामिछाने तेस्रोे भएकी छिन । दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिएको छ । क्लबका अध्यक्ष अनुशा श्रेष्ठको अध्यक्षतामा भएको कार...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने
खेलकुद, प्रदेश ४, समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने

गोरखा । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता चैत महिनामा गर्ने निर्णय भएको छ । जिल्ला भित्रका अन्तरपालिका माध्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता चैतको २५, २६ र २७ गते सिरानचोक गाउँपालिकामा गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सो प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाका स्वर्ण र रजत पदक बिजेता विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा भलिबल कबडी, एथलेटिक्स् र मार्सलआर्ट विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । बैठकले फागुन मसान्त भित्र सबै पालिकाले प्रतियोगिता गरी जिल्ला खेलकुद बिकास समितिमा बिजेता खेलाड...
एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने
खेलकुद, समाज

एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने

काठमाडौं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली यु–२३ पुरुष टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले सागमा स्वर्ण विजेता टोलीका प्रत्येक सदस्यलाई नगद सम्मान प्रदान गर्ने निर्णय गरेको हो। उक्त बैठकले रजत विजेता महिला फुटबल टोलीका प्रत्येक सदस्यलाई एक लाख ५० हजार रूपैयाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ। आइतबारको बैठकले विभिन्न तहको लिगका पुरस्कार रकमबारे पनि निर्णय गरेको थियो।   महिला लिगको पुरस्कार रकम पनि तय भएको छ। महिला लिगको विजेताले १५ लाख र दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथोले ३ लाख रुपैयाँ पाउने भएका छन्। बैठकले सहिद स्मारक ‘बी’ र ‘सी’ डिभिजनमा भाग लिने क्लबलाई तयारीस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ। जसअनुस...