बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी
गाेरखा । भूकम्प स्मृति दिवशका अबसरमा गोरखामा म्याराथुन दौड आयोजना गर्ने तयारी भएको छ ।
ट्रेकिङ एसोसियसन टान, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र धार्चे मनास्लु पर्यटन बिकास समितिको सहयोगमा लिगलिगकोटदेखि भूकम्पको केन्द्र बारपाकसम्म अल्ट्रा म्याराथुन दौड गर्न लागिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभमा ऐतिहासिक स्थलहरुको प्रवद्र्धन गर्दै भूकम्पको केन्द्रबिन्दुसम्म पर्यटकको ध्यान आर्कषित गर्न कार्यक्रम गर्न लागिएको टानले जनाएको छ । केही दिन भित्र धावन मार्ग पहिचान गरी, सहभागीताको लागि आब्हान खुल्ला गर्ने टानको तयारी छ ।
६० किलोमिटरभन्दा बढी दुरी रहेको सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई क्रमश ८० हजार, ६० हजार र ४० हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र दिने तयारी रहेको आयोजकले बताएको छ ।
प्रतियोगिताको बारेमा आइतबार गोरखामा स...
