Saturday, November 15

खेलकुद

सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ
खेलकुद, प्रदेश ४, समाचार

सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ

सिरानचोक गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ । महेन्द्र लीलाले ८ स्वर्ण, ६ रजत र ४ सहित १८ पदक प्राप्त गरेको छ । यसैगरी ७ स्वर्ण, ३ रजत, ३ कास्य गरी १३ पदक सहित परोपकार आर्दश मावि जौवारी दोश्रो भएको छ । संसारी महेन्द्र मावि नयाँसाघु भने तेश्रो भएको छ । नयाँसाघुले ६ स्वर्ण, ८ रजत, ५ कास्य सहित १९ पदक प्राप्त गरेको छ । वडा नम्बर ७ कोखेलमैदानमा माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सकिएको हो । प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीले विभिन्न ३० विद्यामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको एक कार्यक्रममा वीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले समापन गरेका हुन् । सो अबसरमा बोल्दै गुरुङ विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्न प्रतियोगिता सफल भएको बताए । गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्य...
दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लवलाई
खेलकुद, प्रदेश ४, समाचार

दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लवलाई

गोरखा नगरपालिका वडा नम्बर १४ मा भएको दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लव जितेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक भट्टबेसी युथ क्लव बि समुहलाई २—१ गोल अन्तरले पछि पार्दै सनराइज क्लब तीनकिलोले उपाधी जितेको हो । बिजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेताले १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको हो । प्रतियोगिताको सेमिफाईनमा पुगेका ग्रिनल्याण्ड युथ क्लव ढुङगेटारी र आयोजक टिम भट्टबेसी युथ क्लव ए समुहले नगद पाँच/पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । क्लवका राजेन्द्र ठकुरीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बिजेता टिमलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् । गोरखा नगरपालिका १४ भट्टबेसी मैदानमा २२ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ टिमको सहभागीता रहेको थियो । प्रत...
पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली
खेलकुद, प्रदेश ४, समाचार, समाज

पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली

गोरखा । पृथ्वी जयन्तीका सन्दर्भमा गोरखामा साइकल ¥याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क वाइक नामक संस्थाको आयोजनामा केबलकारदेखि गोरखा बजारसम्म साइकल ¥याली हुन लागेको संयोजक प्रताप न्यौपानेले जानकारी दिए । एकिकरणको झल्को दिन र काठमाण्डौको दरवार स्क्वायरसंग गोरखा दरवार जोड्नका लागि ¥यालीको आयोजना गरिएको संयोजक न्यौपानेले बताए । झण्डै १५ जनाको टोली पुष २७ गतेका दिन साइकलमा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरवार आउने बताइएको छ । साथै सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्नमा समेत ¥यालीले टेवा दिने आयोजकको विश्वास छ । २ जना एक हात नभएका ब्यक्तिहरु समेत ¥यालीमा सहभागी हुने न्यौपानेले जानकारी दिए । ¥यालीमा सहभागी हुन १५ जनाको टोली आजै काठमाण्डौबाट हिडेको समेत उनले बताए ।...
१४ बर्षपछि गोरखा युथ क्लबको अधिवेशन, अध्यक्षमा सुमन
खेलकुद, प्रदेश ४, समाचार, समाज

१४ बर्षपछि गोरखा युथ क्लबको अधिवेशन, अध्यक्षमा सुमन

गोरखा । गोरखा युथ क्लबको छैटौ अधिवेशन सम्पन्न भएको छ । झण्डै १४ बर्षदेखि निष्कृय रहेको क्लबको छैटौ अधिवेशनबाट अध्यक्षमा सुमन गुरुङ सर्वसमत चयन भएका छन् । २०४७ साउन १० गते जिल्ला प्रशासन कार्यालय गोरखामा दर्ता भई २०६२ सालसम्म जिल्लाको बिभिन्न खेलकुद लगायत सामाजिक कार्यमा सकृय रहेको क्लब १४ बर्षअघिदेखि निष्कृय अवस्थामा थियो । क्लबलाई पुर्नजन्म दिई सामाजिक कार्यमा सकृय बनाउने उदेश्यले अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको पूर्व अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए । क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो । जसको उपाध्यक्षमा प्रविन बस्नेत, सचिवमा अमित खत्री, सहसचिवमा आनन्द गुरुङ, कोषाध्यक्षमा कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा संगमबाबु श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बाल विक, सुमन कार्की, दिपक थापा, सरोज श्रेष्ठ, विक्रमराज ...
फुटबलमा नेपालले जित्यो स्वर्ण
खेलकुद, समाचार, हाइलाइट-समाचार

फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ । onlinekhabar...
भारतसंग हारेपछि नेपाली टिमका प्रशिक्षकले राजिनामा
खेलकुद, हाइलाइट-समाचार

भारतसंग हारेपछि नेपाली टिमका प्रशिक्षकले राजिनामा

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। आइतबार नेपाल भारतसँग पराजित भएसँगै उनले प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन्। प्रशिक्षक खड्काले आफूले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेको बताए। जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फाइनलमा भारतसँग २-० गोलले पराजित भएको हो। हारसँगै नेपालले रजतमा चित्त बुझाएको छ। ११ औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जितेको छैन। दुवै पटक भारत बाधक बन्यो। अघिल्लो सागमाआयोजक भारतसँग २-१ ले पराजित हुँदा नेपालको स्वर्ण सपना तुहिएको थियो।...
सागमा नेपालको सय स्वर्ण
खेलकुद, समाचार, हाइलाइट-समाचार

सागमा नेपालको सय स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले एक सयवटा स्वर्ण पदक हात पार्न सफल भएको छ। सक्षम कार्कीले तेक्वान्दोमा स्वर्ण जितेसँगै नेपालले साग खेलकुद प्रतियोगितामा सय स्वर्ण जितेको हो। ८७ केजीमाथिको तौल समूहमा उनले पाकिस्तानका अक्वर अली शाहलाई २७–९ ले पाखा लगाउँदै स्वर्ण जितेका हुन्। सन् १९८४ देखि सुरुवात भएको सागमा नेपालले १२ औं सागसम्म आइपुग्दा ७१ वटा स्वर्ण हात पारेको थियो। १३ औं सागमा बुधबार नेपालले २९ स्वर्ण जितेसँगै नेपालले स्वर्ण पदकमा सय पदक जितेको हो। नेपालमा जारी साग प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ। हाल विभिन्न विधाका खेलहरु जारी छन्। नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ।...
दक्षिण एसियाली खेलकुद– नेपालले कति जित्याे स्वर्ण
खेलकुद

दक्षिण एसियाली खेलकुद– नेपालले कति जित्याे स्वर्ण

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ । मंगलबार बेलुकीसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको छ । मंगलबार नेपालले २३ स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण पदकको संख्या ९४ पुगेको छ । नेपालले दक्षिण एसियाली खेल (साग)मा समग्रमा १०० स्वर्ण पुर्‍याउन अब ६ स्वर्ण ल्याउनुपर्ने छ ।...