Monday, May 25

खेलकुद

स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन
खेलकुद, समाचार

स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

कविता घर्तीमगर, पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि १० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्षस्थानमा रहँदै च्याम्पियन हुन सफल भएको होे । यस्तै प्रतियोगितामा कास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्य पदकसहित तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदक प्राप्त गरेका हुन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा हिजो देखि सुरु भएको प्रतियोगिताको आज समापन गर्दै भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले भ...
गण्डकी प्रदेशस्तरीय फुटबल : सेमीफाइनल समिकरण पुरा
खेलकुद, समाचार

गण्डकी प्रदेशस्तरीय फुटबल : सेमीफाइनल समिकरण पुरा

नेपालअखबार,पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल समिकरण पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमीफाइनल समिकरण पुरा भएको हो । खेलको दोस्रो दिन भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध पारेको छ । निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो । निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ ट...
अमेरिका र नेपाल अभ्यास खेलमा भिड्दै
खेलकुद, समाचार

अमेरिका र नेपाल अभ्यास खेलमा भिड्दै

नेपालअखबार, काठमाडौँ । आइसीसी टी २० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइण्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।...
सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि
खेलकुद, समाचार

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

नेपालअखबार, काठमाडौं । साविक विजेता तथा छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा युनाइटेडका लागि अलेजान्द्रो गार्नाचो र कोबी माइनोले पहिलो हाफमै गोल गरेका थिए । साविक विजेता सिटीका लागि जेरिमी डोकुले गोल फर्काए । खेलको ३०औं मिनेटमा गार्नाचोको गोल गर्दै युनाइेडलाई अग्रता दिलाएका थिए । माइनोले ३९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेपछि सिटी दबाबमा परेको थियो । तर, गोल फर्काउन अन्तिमसम्म कुर्नुपर्‍यो । ८७औं मिनेटमा वैकल्पिक खेलाडी जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । युनाइटेडले १३औं पटक एफए कपको उपाधि जितेको हो । युनाइटेडभन्दा आर्सनलले एक बढी अर्थात सर्वाधिक १४ पटक उपाधि जितेको छ ।...
कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु
खेलकुद, समाचार

कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

नेपालअखबार,  वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ । ‘पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बुद्धिचाल प्रतियोगिता गाउँपालिकामा आयोजना गर्नुको मुख्य उद्देश्य नै खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्न...
पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त
खेलकुद, समाचार

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

नेपालअखबार , पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो । यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङले मञ्चले खेलकुदको क्षेत्रमा खेलेको महत्वपूर्ण योगदान रहेको बताए । उनले मञ्चसंगको सहकार्यमा आदानप्रदान भइरहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरामा एउटा ब्राण्डको रुपमा स्थापित भइस...
शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
खेलकुद, समाचार

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

नेपालअखबार,पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले बताए । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड...
हालान्डको ४ गोलमा सिटीको सहज जित
खेलकुद, समाचार

हालान्डको ४ गोलमा सिटीको सहज जित

नेपालअखबार,काठमाडौं । एर्लिङ हालान्ड एक्लैले चार गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमयर लिगमा वल्भसलाई ५-१ ले सहजै पराजित गरेको छ । हालान्डले प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् । शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको सिटी लगातार चार प्रिमियर लिग उपाधि जित्ने अभियानमा छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । १२औं मिनेटमा पेनाल्टी गोलबाट सिटीलाई अग्रता दिलाएका हालान्डले ३५औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले तेस्रो गोल पनि पेनाल्टीबाटै गरे । यस्तै ५४औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । हालान्डलाई नै रिप्लेस गरेका जुलियन अल्भारेजले सिटीका लागि ८५औं मिनेटमा गोल गरे । वल्भसका लागि ह्वाङ ही चानले ५३औं मिनेटमा एक मात्र गोल गरे । जितपछि सिटीको ३५ खेलबाट ८२ अंक जोडेको छ...
धोनीको नाममा अर्को कीर्तिमान
खेलकुद, समाचार

धोनीको नाममा अर्को कीर्तिमान

नेपालअखबार, एजेन्सि  । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा चेन्नई सुपर किंग्सले तेस्रो हार बेहोरेको छ । शुक्रबार लखनउ सुपरजाइन्ट्सले चेन्नईलाई लखनउमा ८ विकेटले पराजित गर्‍यो। चेन्नईका महेन्द्र सिंह धोनीले ८ बलमा २८ रन बनाए र ४० वर्षको उमेरपछि आईपीएलमा ५०० रन बनाउने पहिलो खेलाडी बने । धोनीले विकेटकिपरका रूपमा आईपीएलमा ५ हजार रन पनि पूरा गरे र यो गर्ने पहिलो विकेटकिपर बने । लखनउका कप्तान केएल राहुल विकेटकिपरका रूपमा २५ पटक सर्वाधिक ५० भन्दा बढी स्कोर बनाउने खेलाडी बने। १. ४० वर्षको उमेर पछि धोनीको नाममा सबैभन्दा धेरै रन महेन्द्र सिंह धोनीले ८ बलमा २८ रन बनाए । यो सँगै उनले ४० वर्षको उमेरपछि प्रतियोगितामामा ५ सय रन पुरा गरे। उनी ४० वर्षको उमेरपछि आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । धोनी अहिले ४२ वर्षका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडे जसले ४० वर्षको उमेरपछि आईप...
पोखरामा मनुश्री/भिग्नाजित जुनियर टेनिस सुरु
खेलकुद, समाचार

पोखरामा मनुश्री/भिग्नाजित जुनियर टेनिस सुरु

नेपालअखबार, पाेखरा । पोखरामा तेश्रो संस्करणको मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गर्ल्स र ब्वाइजतर्फ गरी सात खेल सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएकी छन् । पहिलो दिन यू–१० ब्वाइजतर्फ इभान भट्टारई जित निकालेका छन् । उनले रजन खडका लाई ६–३, ६–० ले पाखा लगाए । त्यसै गरी यू–१० तर्फनै संघर्ष फौदारले ओमयूग थापालाई ६–०, ६–१ ले पराजित गर्दा सोही उमेर समुह गर्ल्सतर्फ आर्या पौडेलले बुन्नी एस मेघनलाई ६–१, ६–२ ले पराजित गरिन् । त्यसै गरी ब्वाइज यू–१२ निश्चल गुरुङले बेदान्त चालिसेलाई ६–१, ६–० ले पराजित गर्दा संघर्ष पौडेल वाक ओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरे । उनले   सुभन केसीबाट वाक ओभर पाए । त्यस्तै सभ्य कार्कीले यलिश गौतमल...