Sunday, November 1

खेलकुद

कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुवात
खेलकुद, समाचार

कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुवात

नेपालअखबार,काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो । कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए । पाराग्वेका लागि जुलियो एनसिसोले ६९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । जितपछि कोलम्बियाले समूह डी मा ३ अंक जोडेको छ भने पाराग्वेल हारबाट प्रतियोगिता सुरु गरेको छ । यसै समूहको अर्को खेलमा आजै ब्राजिल र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ ।...
इन्जुरी टाइम गोलले जर्मनी समूह विजेता
खेलकुद, समाचार

इन्जुरी टाइम गोलले जर्मनी समूह विजेता

नेपालअखबार, काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को  आयोजक जर्मनीले स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै समूह ए  विजेता बनेको छ । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो । तर डान एनडोएले २८औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । हार नजिक पुगेको जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरेका हुन् । बराबरीपछि जर्मनी तीन खेलबाट ७ अंक जोड्दै समूह ए को विजेता बनेको हो । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको स्विट्जरल्याण्डले स्कटल्याण्डसँग पनि बराबरी खेलेको थियो । यस्तै समूह ए कै अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १-० ले हराएर पहिलो जित निकाल्यो ...
यू–१५ विद्यालय खेलकुद प्रतियोगिता व्याडमिन्टनका पहिलो चरणका खेलहरु सम्पन्न
खेलकुद, समाचार

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता व्याडमिन्टनका पहिलो चरणका खेलहरु सम्पन्न

नेपालअखबार,काठमाडौं । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका ७६÷७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो । व्याडमिन्टनमा छात्र÷छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाट छात्र चार र छात्रा चार आठ जनाका दरले ५६ जनाले प्रतिस्पर्धा गद...
स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन
खेलकुद, समाचार

स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

कविता घर्तीमगर, पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि १० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्षस्थानमा रहँदै च्याम्पियन हुन सफल भएको होे । यस्तै प्रतियोगितामा कास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्य पदकसहित तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदक प्राप्त गरेका हुन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा हिजो देखि सुरु भएको प्रतियोगिताको आज समापन गर्दै भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले भ...
गण्डकी प्रदेशस्तरीय फुटबल : सेमीफाइनल समिकरण पुरा
खेलकुद, समाचार

गण्डकी प्रदेशस्तरीय फुटबल : सेमीफाइनल समिकरण पुरा

नेपालअखबार,पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल समिकरण पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमीफाइनल समिकरण पुरा भएको हो । खेलको दोस्रो दिन भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध पारेको छ । निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो । निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ ट...
अमेरिका र नेपाल अभ्यास खेलमा भिड्दै
खेलकुद, समाचार

अमेरिका र नेपाल अभ्यास खेलमा भिड्दै

नेपालअखबार, काठमाडौँ । आइसीसी टी २० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइण्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।...
सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि
खेलकुद, समाचार

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

नेपालअखबार, काठमाडौं । साविक विजेता तथा छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा युनाइटेडका लागि अलेजान्द्रो गार्नाचो र कोबी माइनोले पहिलो हाफमै गोल गरेका थिए । साविक विजेता सिटीका लागि जेरिमी डोकुले गोल फर्काए । खेलको ३०औं मिनेटमा गार्नाचोको गोल गर्दै युनाइेडलाई अग्रता दिलाएका थिए । माइनोले ३९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेपछि सिटी दबाबमा परेको थियो । तर, गोल फर्काउन अन्तिमसम्म कुर्नुपर्‍यो । ८७औं मिनेटमा वैकल्पिक खेलाडी जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । युनाइटेडले १३औं पटक एफए कपको उपाधि जितेको हो । युनाइटेडभन्दा आर्सनलले एक बढी अर्थात सर्वाधिक १४ पटक उपाधि जितेको छ ।...
कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु
खेलकुद, समाचार

कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

नेपालअखबार,  वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ । ‘पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बुद्धिचाल प्रतियोगिता गाउँपालिकामा आयोजना गर्नुको मुख्य उद्देश्य नै खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्न...
पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त
खेलकुद, समाचार

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

नेपालअखबार , पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो । यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङले मञ्चले खेलकुदको क्षेत्रमा खेलेको महत्वपूर्ण योगदान रहेको बताए । उनले मञ्चसंगको सहकार्यमा आदानप्रदान भइरहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरामा एउटा ब्राण्डको रुपमा स्थापित भइस...
शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
खेलकुद, समाचार

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

नेपालअखबार,पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले बताए । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड...