पोखरामा मनुश्री/भिग्नाजित जुनियर टेनिस सुरु
नेपालअखबार, पाेखरा । पोखरामा तेश्रो संस्करणको मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गर्ल्स र ब्वाइजतर्फ गरी सात खेल सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएकी छन् ।
पहिलो दिन यू–१० ब्वाइजतर्फ इभान भट्टारई जित निकालेका छन् । उनले रजन खडका लाई ६–३, ६–० ले पाखा लगाए । त्यसै गरी यू–१० तर्फनै संघर्ष फौदारले ओमयूग थापालाई ६–०, ६–१ ले पराजित गर्दा सोही उमेर समुह गर्ल्सतर्फ आर्या पौडेलले बुन्नी एस मेघनलाई ६–१, ६–२ ले पराजित गरिन् ।
त्यसै गरी ब्वाइज यू–१२ निश्चल गुरुङले बेदान्त चालिसेलाई ६–१, ६–० ले पराजित गर्दा संघर्ष पौडेल वाक ओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरे । उनले सुभन केसीबाट वाक ओभर पाए । त्यस्तै सभ्य कार्कीले यलिश गौतमल...










