नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा
नेपालअखबार,भक्तपुर । मार्ग शुक्ल पूर्णिमाको दिन बिहीबार, नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् ।
बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ ।
‘त्य:छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:
योमरी च्वामु, उकिइ दुने हामु
बिउम्ह: ल्यासे, मबिउम्ह बुरिकुति’
यसै सन्दर्भमा गाइने गीत हो यो । यमरी पूर्णिमाको दिन साँझ घरघरमा युवायुुवतीले यही गीत गाउँदै यमरी तथा धान, चामल, दामलगायत माग्ने गर्छन् । तिहारमा देउसी/भैलो खेले जस्तै गरी आज त्य:छिं त्य: बकछिं त्य: खेलेर यमरी माग्दै रमाइलो गर्ने मल्लकालीन प्रचलन लोप हुँदै गएको छ ।
नेपाल भाषाको यो गीतमा पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिन, चामल हुनेले चामल दिनु, यमरी हुनेले यमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भाव हुन्छ । लोकलयमा परम्पर...










