Tuesday, September 1

पर्यटन

मनाङमा ११ महिनामा २० हजारभन्दा बढी पर्यटक
पर्यटन, समाचार, समाज

मनाङमा ११ महिनामा २० हजारभन्दा बढी पर्यटक

नेपालअखबार, मनाङ । कोभिड-१९ महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । उनका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् । सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरि...
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
पर्यटन, समाचार, समाज

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

नेपालअखबार,गलकोट। यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे। बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्। यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ। तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन्। काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताए। भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन्। हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ। घरबासमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन्। बाह्य पर्यटकले घरबासमा अर्ग्यानिक खानाका परिकारको स्वाद ...
भारतीय पर्यटकको रोजाइमा पोखरा
पर्यटन, समाचार, समाज

भारतीय पर्यटकको रोजाइमा पोखरा

नेपालअखबार, पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ । फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए ।  हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ थियो । दोस्रोपल्ट पोखरा आएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए । उनीसँगै पोखरा घुम्न आएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा रहेकी छन् । धर्मकर्ममा विशेष रुचि भएका कारण उनले पोखराका प्रमुख धार्मिक मठमन्दिरको...
विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे पर्यटनमन्त्री
पर्यटन, राजनीति, समाचार

विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे पर्यटनमन्त्री

नेपालअखबार, काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने  विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन् । विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो । बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवसका विभिन्न कार्यक्रम भइरहेको छ । यस्तै बिहान प्रभातफेरी गरिएको छ । ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो । अहिले पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा भइरहेको छ । पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी ...
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
पर्यटन, समाचार, समाज

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

नेपालअखबार, भाेजपुर। भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो। भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। सडकको सहज पहँुच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ। झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ। दैनिक दर्जनाँै मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ। झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए। विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उहाँको भनाइ छ । श...
आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’
पर्यटन, समाचार, समाज

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

नेपालअखबार, दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ । गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो । ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढे...
पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह
पर्यटन, समाचार, समाज

पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह

नेपालअखबार , फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ । फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल रहेको छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थलहरु पर्दछ । उच्च...
दुबुङलाई ‘मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस
पर्यटन, समाचार, समाज

दुबुङलाई ‘मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस

नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका–३ को दुबुङगाउँलाई मितेरी गाउँका रूपमा विकास गर्ने भएको छ। क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा छनोट गरेको हो। क्याम्पसको सोमबार आयोजित ३७औँ वार्षिकोत्सवका अवसरमा उक्त गाउँसँग मितेरी गाउँका रूपमा सम्झौता गरी प्रमाणपत्र हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऋषिङ–३ का वडाध्यक्ष भीमबहादुर थापा, दुबुङ टोल विकास संस्थाका अध्यक्ष लालबहादुर थापा र आमा समूहकी अध्यक्ष भीमकुमारी थापालाई उक्त प्रमाणपत्र प्रदान गरे। क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला, संस्कृति र खाद्यवस्तुको संरक्षणमा पनि जोड दिँदै आएको छ। मितेरी गाउँ छनोट उपसमितिका संयोजक हरिसिंह गुरुङले ...
हिमाल आरोहण शुल्क बढाउने तयारी
पर्यटन, प्रशासन, समाचार

हिमाल आरोहण शुल्क बढाउने तयारी

नेपालअखबार, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ । विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी ९ छौटौ संशोधन नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी गरिरहेको विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले बताए। हिमाल चढ्दा लाग्ने रोयल्टी बढाउने गरी नियमावली संशोधन भइरहेको छ, उनले भने, यही महिनाभित्र नयाँ रोयल्टीसहित नियमावली संशो...
हाइकिङ्ग गर्दै चपस कास्कीले मनायो स्थापना दिवस
पर्यटन, समाचार, समाज

हाइकिङ्ग गर्दै चपस कास्कीले मनायो स्थापना दिवस

नेपालअखबार, पोखरा । चलचित्र पत्रकार संघ कास्कीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ । शुक्रबार पैदलयात्रा एवम अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरि संघले स्थापना दिवस मनाएको हो । पोखराको ड्यामसाइड देखि रानीवन हुँदै पुम्दिकोट सम्म पैदल यात्रा गरिएको थियो । सो अवसरमा सहभागी पत्रकारले आफ्नो अनुभव साटेका छन । संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघ स्थापना गर्दाको आरोह अवरोहका विषयमा सुनाए । तत्कालिन समयमा पोखरामा रहेर चलचित्र पत्रकारिता गर्न सकस भएको भनाइ उनको थियो । बीट पत्रकारितामा मात्रै लागेर बाच्न सक्ने आधार खडा नभएको उनले बताए । चलचित्र पत्रकारिता लाई बढ्वा दिन यहाँका नाम चलेका मिडियाले स्थान दिनुपर्ने विषयलाई उनले औंल्याएका छन । निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारिता हिजो भन्दा आज बढ्दै गएको बताए । हिजो सिमित स्रोत साधनका बीच पत्रकारिता गर्नुपर्ने बाध्यता थियो भने आज चल...