तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन
नेपालअखबार, डेन्पसार । कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इण्डोनेशियाको प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको अन्तरालमा चिनियाँ पर्यटक बाली आएका हुन् ।
चीनको ग्वाङडोङ प्रान्तको सेञ्जेनबाट इण्डोनेशियका लायन एयरले चार्टर गरेको विमानबाट बाली आएका चिनियाँ पर्यटकले कोभिड–१९ नियन्त्रणका खातिर जारी गरिएको निषेधाज्ञा हटाएर पुनः अन्तर्राष्ट्रिय यात्राको अनुमति प्राप्त भएकामा आफूहरू हर्षित भएको बताए । चिनियाँ पर्यटक एन पेइले लामो समयपछि यात्रा गर्न पाएकामा आफूलाई आनन्दानुभूति भएको बताइन् । नयाँ वर्षलाई दृष्टिगन गरी चीन सरकारले गत पुस ८ गते यात्रा प्रतिबन्ध हटाएको थियो । गत आइतबार चीनभर नयाँ वर्ष मनाइएको थियो ।
लायन एयरले प्रारम्भिक चरणमा सेञ्जेन– बाली उडान सातामा एकपटक गर्ने बत...










