Saturday, November 15

पर्यटन

यति एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक
अर्थ, पर्यटन, समाचार

यति एयरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक

नेपाल अखबार, काठमाडौं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ ।  एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारासहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो । पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, ...
फेवातालमा फेरि चल्न थाले डुंगा
पर्यटन, समाचार, समाज

फेवातालमा फेरि चल्न थाले डुंगा

नेपाल अखबार, पाेखरा। पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताए । डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताए ।...
आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द
पर्यटन, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ । अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।...
काेराेनाका कारण निर्माणाधिन ठूला आयोजना प्रभावित
पर्यटन, समाचार, समाज, हाइलाइट-समाचार

काेराेनाका कारण निर्माणाधिन ठूला आयोजना प्रभावित

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षभित्र सरकारी तथा निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट हजार मेगावाटभन्दा धेरै बिजुली उत्पादन हुने प्रक्षेपण गरेको थियो। तर विकास, निर्माणको मुख्य सिजनमै कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले तोकेको लक्ष्य अनुसार बिजुली उत्पादन हुनेमा आशंका उब्जिएको छ। नेपालमा मुख्य गरी मंसिरदेखि असारसम्म निर्माण सिजन हो। मुलुकका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी र कामदार प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएकोले जलविद्युत् क्षेत्रमा ठूलो असर पर्ने देखिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले कोरोना भाइरसकै कारण निर्माणाधीन १५ सय मेगावाटका जलविद्युत् आयोजना प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभावित भएको बताए। ‘जलवि...
गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन
पर्यटन, प्रदेश ४, प्रविधि, समाचार, हाइलाइट-समाचार

गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन

गोरखा । धार्चे गाउँपालिकाले सार्वजानिक स्थलमा चार्जिङ स्टेशन स्थापना गरेको छ । हालसम्म केन्द्रिय विद्युत प्रशारण लाइन नपुगेको धार्चेमा पहिलो पटक दुई स्थानमा सार्वजानिक चार्जिङ स्टेशन निर्माण गरिएको हो । पहिलो चरणमा गाउँपालिकाको केन्द्र माछीखोला र लाप्राकको गुप्सीपाखामा स्टेशन बनाइएको अध्यक्ष सन्तोष गुरुङले बताए । ‘यो पहिलो प्रयोग हो, अहिले २ ठाउँ लाप्राक र माछीखोलामा राखेमा छौ’ उनले भने ‘अहिलेसम्म लाइन नपुेको ठाउँमा यो इफेक्टिभ हुन्छ भन्ने हाम्रो बिश्वास हो, यो प्रभावकारी भयो भने अरु ठाउँमा पनि विस्तार गर्छौ ।’ सोलार मार्फत सञ्चालन हुने स्टेशनमा एक पटकमा १२ वटा मोबाइल, क्यामेरा लगायतका विद्युतिय सामाग्री चार्ज गर्न सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । हालसम्म सोलार, टुकी, मैनबत्ती लगायतको भरमा चलेको धार्चेमा सार्वजानिक चार्जिङ स्टेशनले स्थानीयलाई राहत मिल्ने उनको विश्वास छ । ...
हिमालय एअरलाइन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ विमान थप गरे
अर्थ, पर्यटन, विदेश, समाचार

हिमालय एअरलाइन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ विमान थप गरे

नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स हिमालय एअरलाइन्सले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका छन् । धेरै पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको हो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएका छन् । हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।...
जोखिम देखिए उडान अवतरणमै रोक लगाउन सर्वाेच्चकाे आदेश
पर्यटन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

जोखिम देखिए उडान अवतरणमै रोक लगाउन सर्वाेच्चकाे आदेश

सर्वोच्च आदालतले कोरोनाको भाइरसको गम्भीर मूल्यांकन गरी जोखिम देखिए उडान अवतरणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजालासले सो आदेश जारी गरेको हो। देशको उत्तर र अन्य सीमाबाट नेपाल प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्ने ब्यक्तिहरुको अनिवार्य रुपमा कडाईका साथ दक्ष जनशक्ति सहितको स्वास्थ्य जाँचको प्रभावकारी उपकरणको व्यवस्था गर्न आदेश दिइएको छ। अन्तरिम आदेशमा ‘कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराईन इरान आदि) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भिरताको सुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्य...
आगामी शनिबार रंगशालामा ‘लाइभ इन गोरखा’ हुने
पर्यटन, प्रदेश ४, मनोरञ्जन, समाचार

आगामी शनिबार रंगशालामा ‘लाइभ इन गोरखा’ हुने

गोरखा । आगामी शनिबार सदरमुकाममा ‘लाइभ इन गोरखा’ कार्यक्रम हुने भएको छ । सदरमुकामको खेलकुद मैदानमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ब्याण्डहरुको साँगितिक प्रस्तुती रहने बताइएको छ । गोरखा कालिका साँस्कृतिक कला केन्द्रको आयोजना तथा दारी ग्याङ्ग गोरखाको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायक कर्ण दासको समेत प्रस्तुती रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको कला केन्द्रका अध्यक्ष विक्रम तामाङले बताए । ‘साँस्कृतिक कार्यक्रम मार्फत आन्तरिक पर्यटक भित्राउने हाम्रो लक्ष्य हो’ तामाङले भने ‘यसले भ्रमण बर्षलाई सफल बनाउन समेत टेवा पुग्छ भन्ने विश्वास छ ।’ कार्यक्रममा नेपालय ब्याण्ड चितवन, गोरखा तारा साजन गुरुङ, गोरखा मल्टिट्यालेण्ट ग्रुप, द म्युजिकल मन्त्र, डिज्याष्टर ब्य...
गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)
पर्यटन, प्रदेश ४, भिडिओ, समाचार, हाइलाइट-समाचार

गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)

गोरखा । गोरखा सदरमुकामदेखि भूकम्पको केन्द्र बारपाकसम्म मोटरसाईकल यात्रा सुरु भएको छ । भ्रमण बर्ष २०२० र गोरखा जाऔ अभियानलाई सफल बनाउन गोखा युथ क्लबले आयोजना गरेको अफरोड मोटरसाइकल ¥याली शनिबार बिहान १० बजे गोरखा बजारबाट हिडेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक सय ५० मोटरसाईकल सहित युवाहरु सहभागी भएको क्लबका सहसचिव आनन्द गुरुङ काजीले जानकारी दिए । यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पन्त सहित गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी ओमप्रसाद अधिकारी, कार्यक्रम संयोजक रञ्जित कुमार श्रेष्ठ लगायतले बोलेका थिए । ¥याली आज बारपाक गएर बास बस्ने र भोली आइतबार सदरमुकाम फर्केर रानीपोखरी परिसरमा समापन हुने बताइएको छ । गोरखा सदरमुकाम देखि फिनाम, ताप्ले, झिंग...
बेलायत भ्रमण उपलब्धीपूर्ण  : मेयर पन्त
पर्यटन, प्रदेश ४, समाचार

बेलायत भ्रमण उपलब्धीपूर्ण : मेयर पन्त

गोरखा । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफ्नो बेलायत भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । बिहीबार गोरखा नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमणले गोरखाको बिकासका लागि थुप्रै अवसरहरु सिर्जना गरेको बताए । ‘हामी रश्मोर बरो काउन्सिलको निमन्त्रणामा बेलायत गएका थियौं, त्यहाँको बसाई निकै उपलब्धीपूर्ण रह्यो’ उनले भने ‘रश्मोर बरो काउन्सिल र त्यहाँ बस्ने नेपाली साथीहरु गोरखाको बिकासका लागि हातेमालो गर्न तम्तयार हुनुहुन्छ । यसले गोरखा नगरपालिका मात्र होइन समग्र जिल्लालाई नै फाइदा हुन्छ भन्ने लाग्छ ।’ दुई स्थानीय तह बीच सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरी दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत स...