पर्यटकलाई खेतमा उतार्न पोखरामा रोपाइँ महोत्सव आयोजना
नेपालअखबार,पोखरा। पोखराका पर्यटन व्यवसायीले कृषि संस्कृतिलाई पर्यटनसँग जोड्न असारमा रोपाइँ महोत्सव र मंसिरमा दाइँ महोत्सव आयोजना गर्छन्।
नेपालीका मुख्य खाद्यबाली धान रोप्नेदेखि भित्राउनेसम्मका नेपाली संस्कृति देखेर पर्यटक रोमाञ्चक बन्छन्।
नेपालीहरू आपसमा मिलेर काम गरेको देख्दा उनीहरू दंग पर्छन्।
कृषि प्रणालीलाई पर्यटनसँग जोड्दा ‘अफ सिजन’मा पनि पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायी बताउँछन्।
नेपालमा मुख्य पर्यटकीय सिजनका रूपमा असोज, कात्तिक र मंसिरलाई मानिन्छ।
उक्त समय पदयात्रा गर्न चाहने विदेशी पर्यटक र नेपाली पनि पदयात्रामा निस्कन्छन्। दोस्रो सिजन मानिने फागुन, चैत र वैशाखमा पनि पर्यटकको आगमन उल्लेख्य रहन्छ।
बर्खा र हिउँदमा भने अरूबेला जस्तो पर्यटकको चहलपहल हुँदैन। यो समयलाई ‘अफ सिजन’का रूपमा व्यवसायीले लिने गरेका छन्।
अफ सिजनमा पनि पर्यटकलाई आकर्षित गर्न कृषि प...










