राष्ट्रिय जनगणनाको तयारी हुँदै
नेपाल अखबार, बाग्मती । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो । २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ ।
कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो । नमूनाका लागि मकवानपुरको चार स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएको जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ मा, थाहा नगरपालिकाको २ नम्बर वडामा र इन्द्रसरोवर गाउँपालिकाको ५ नम्बर वडामा नमूना जनगणना भएको थियो । एक सुपरिवेक्षकसहित चार गणकद्वारा चार गणना क्षेत्रका ६३८ घरको जनगणना भएको थियो । असारमा भएको नमूना जनगणनामा मकवानपुरको ...
